Amargadhi Post

डडेल्धुराको भागेश्वरमा ६ दिने योग शिविर सुरु

लक्ष्मी ऐर
डडेल्धुरा,असार,१२ गते । डडेल्धुराको भागेश्वर गाउपालिकामा ्शुक्रबार देखि ६ दिने युवा संस्कार एव आवासिय योग विज्ञान शिविर सुरु भएको छ ।
भागेश्वर गाँउपालिकाको आयोजनामा पतञ्जली योग समिति डडेल्धुरा, महिला पतञ्जली योग समिति डडेल्धुरा र युवा नेपाल सुदुरपश्चिम समितिको संयोजनमा असार १२ देखि १७ गते सम्म संचालनन हुने भएको छ ।


उक्त योग शिविरमा युबा,स्थानीय नागरिक, शिक्षक , विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकको समेत उत्साहजनक सहभागिता रहेको छ ।
संस्कारयुक्त युवा निर्माणको अभियानमा योग शिक्षा र सेवा भन्ने मुल मुन्त्रलाई आत्मसाथ गदै सञ्चालित उक्त योग शिविरको प्रमुख प्रशिक्षकका रुपमा साधवी देव विजया ज्यु रहनु भएको छ । शिविरमा दैनिक योगाभ्यास, प्राणयाम, ध्यान तथा स्वस्थ्य जीवनशैलीसम्बन्धी बिशेष प्रशिक्षण प्रदान गरिने छ ।
खास गरी विभिन्न कुलतमा फसेका युवाहरुलाई असल संस्कारमा ल्याउनको लागी स्वस्थ्य जिवनशैली निमार्ण अपनाउनको लागी योग शिबिर लगाईएको युवा नेपाल समितिका सुदुरपश्चिम प्रभारी गोविन्द खडायतले जानकारी दिन भएको छ ।
योगमय नेपाल निर्माणको लागी आगामी दिनहरुमा अन्य पालिकाहरुमा पनि यस्ता शिविरहरु संचालन गर्नका लागी समन्वय सहकार्य गरिने खडायतले जानकारी दिनुभएको छ । शिबिरमा सहभागीहरुलाई प्रमाणपत्र समेत दिईने जनाएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।