Amargadhi Post

त्रिदेशीय सीमामा पहिलोपटक सशस्त्रको बीओपी स्थापना

कालापानीनजिकै राख्न स्थानीयको माग

नरेन्द्रसिंह कार्की
दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासको छांगरुमा सशस्त्र प्रहरीको बोर्डर अब्ज्रवेशन पोस्ट ९बीओपी० स्थापना गरिएको छ । त्रिदेशीय सामारिक महव बोकेको व्यास गाउँपालिका–१ छांगरुमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी नारायणबाबु थापाले बुधबार बीओपीस्थापना गरेका छन् । दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो । बीओपीमा अहिले २५ जना छन् ।

नेपाली सेनाको एनए ५७ नम्बरको हेलिकोप्टरले सशस्त्र प्रहरी टोलीलाई सो ठाउँ पु(याएको हो । भारतले नेपाली भूमि भएर एकतर्फी सडक निर्माण गरेपछि सरकारले व्यासमा बीओपी राखेको हो । व्यासको छांगरु तिंकरसम्म जाने बाटो नभएकाले हेलिकोप्टरमार्फत सुरक्षाकर्मी पु(याइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

सशस्त्र प्रहरीलाई ६ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीका सामान र हतियारलगायत आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिँदैछ । तत्काललाई छांगरुस्थित जितसिंह बोहराको घर भाडामा लिएर सशस्त्र प्रहरीको बीओपी राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

कालापानी हुँदै लिपुलेक क्षेत्रमा भारतले एकतर्फी सडक बनाएर गत शुक्रबार उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षामा तत्काल सशस्त्र प्रहरीलाई राख्नुपर्ने दबाब परेको थियो । गत मंसिरमा सरकारले बीओपी स्थापना गर्ने निर्णय गरेको थियो, जुन बन्दाबन्दीका कारण ढिलाइभएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘छांगरुमा सशस्त्र प्रहरीको गुल्म राख्नेगरी प्रक्रिया अघि बढाइन्छ ।’

सशस्त्र द्वन्द्वकालपछि त्यहाँ रहेका भन्सार कार्यालय, सीमा प्रशासन कार्यालय विस्थापित भएर खलंगामा छन् भने वडा कार्यालय ६ महिना खलंगा र ६ महिना छांगरुमा खुल्ने गर्छ । अपि नाम्पा संरक्षण क्षेत्रको रेन्ज पोस्ट पनि ६ महिनामात्रै बस्ने गरेको छ । समुद्री सतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको छांगरुमा बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिति गराउने सरकारको तयारी छ । कालापानी ४ हजार २ सय मिटर उचाइ र त्यसभन्दा माथि लिपुलेक र लिम्पियाधुरा करिब ५ हजार मिटरको उचाइमा अवस्थित छन् ।

भारतले नेपालको भूमि अतिक्रमण गरेको विषय पटक–पटक उठे पनि भारतीय सीमाको सबैभन्दा नजिकको बिन्दुमा नेपाली सुरक्षाकर्मी तैनाथ गरिएको हो । छांगरुबाट कालापानी १२ किलोमिटरको दूरीमा छ भने कौवा क्षेत्र छांगरुदेखि झन्डै पाँच किलोमिटरको दूरीमा पर्छ । यस्तै, छांगरुबाट लिपुलेक १७ किलोमिटरको दूरीमा छ ।

स्थानीयले भने सशस्त्र प्रहरीलाई छांगरुभन्दा पनि कौवा क्षेत्रमा राख्नुपर्ने माग गरेका छन् । व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहरा सशस्त्र प्रहरीलाई कालापानीनजिकै कौवा क्षेत्रमा राख्नुपर्ने बताउँछन् । ‘छांगरुको गागामै नेपाल प्रहरी छँदैछ,’ उनले भने, ‘कौवा क्षेत्र सशस्त्रलाई उपयुक्त हुन्छ ।’

गत फागुन पहिलो सातामा नै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सशस्त्र प्रहरीको बीओपीस्थलको हवाई निरीक्षण गरेका थिए । चैत पहिलो साता सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म हेडक्वार्टर दार्चुलाका सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्ट नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

सरकारले बीओपी स्थापनाका लागि ११ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सशस्त्र प्रहरीका एआईजी थापाले तत्काल भाडाको घरमा बस्नुपर्ने भए पनि सशस्त्रको भवन निर्माणका लागि छिट्टै प्रक्रिया अघि बढ्ने बताए ।
सीमाको सुरक्षा र सीमामा सरकारको उपस्थिति देखाउनकै लागि सशस्त्र प्रहरी व्यासको छांगरु गएको उनले बताए । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बीओपी राख्न स्थानीयले जमिनसमेत उपलब्ध गराएका छन् । स्थानीयले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीलाई दिइसकेको छ ।

कहाँ छ लिपुलेक रु
लिपुलेक दार्चुलाको व्यास गाउँपालिका–१ को माथिल्लो भू भाग हो । यो ठाउँ ५ हजार मिटर उचाइमा रहेको छ । चीनको ताक्लाकोट, ल्हासा जाने बाटोको घाटीका रूपमा यो ठाउँ रहेको छ । सामरिक, व्यापारिक, पर्यटकीय रधार्मिक महŒवका कारण भारतले चीनसँग मिलेर यो क्षेत्रमा आँखा गाडेको हो । चीनको सिल्क रोड दक्षिण एसियाली मार्गमा जोडिने मुख्य मार्गका रूपमा विकसित गर्ने भारत र चीनको रणनीतिका रूपमा यहाँका स्थानीयले बुझेका छन् ।

लिपुलेक भन्ज्याङबाट ताक्लाकोट १६ किलोमिटर पूर्वी दूरीमा रहेको छ । यो क्षेत्रसम्म चीनले सडक जोडेको छ । भारतले अहिले कालापानी नाविढाङ लिपुलेक हुँदै यो सडक जोड्दै छ । भारतले चीनसँगको सीमा क्षेत्रभन्दा तीन किलोमिटर वरसम्म सडक निर्माण गरेको भारतीय अनलाइन संस्करणले जनाएका छन् ।

लिपुलेकबाट भारतीय अद्र्धसैनिक सैनिक क्याम्प रहेको कालापानी क्षेत्र १० किलोमिटर पश्चिममा पर्छ । लिपुलेकदेखि ५३ किमि पश्चिम–उत्तरमा लिम्पियाधुरा रहेको छ । लिपुलेकबाट कालापानी, माथिल्लो कौवा हुुँदै ओम पर्वतनजिक काली मन्दिरसम्मको क्षेत्रफल ६२ वर्गकिलोमिटर रहेको छ ।

भारतले दिल्ली–मोरादावाद–पिलिभित–टनकपुर–पिथौरागढ–धार्चुला–माङती–गब्र्याङ–नापालेछु–गुन्जी, कालापानी हुँदै यो सडक विस्तार गरेको हो । भारतले १२ वर्षअघिबाटै निर्माण सुरु गरेको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल भारतले यो सडक सन् २००८ देखि सुरु गरेको बताए । भारतले निर्माण गरेको सडकमध्ये झन्डै १७ देखि २२ किलोमिटर मिचेर बनाएको देखिन्छ ।

सुगौली सन्धिताका बनेको सन् १८२७ र १८५६ समेतका पुराना नक्सा दस्तावेजअनुसार लिपुलेक नेपालको भूमिमा रहेको छ । सन् १८६० पछि बनाइएका १८७९ जस्ता नक्सामा संकेत चिह्नद्वारा लिपुलेकसमेत सबै भारततर्फ पारेर देखाइएको छ ।

सन् १९६१÷६२ मा नेपाल–चीन सिमांकन गर्दा तिंकर भन्ज्या र च्याङ्लारलिपुलेक भन्ज्याङको बीचसम्म मात्रै सीमारेखाङ्कन गरिएको छ । त्यहाँबाट उत्तर लिपुलेक लिम्पियाधुरातर्फ सिमांकन भएको छैन । भारतको अनुपस्थितिका कारण त्रिदेशीय विन्दु स्थापना हुन सकेकोे छैन ।
विभिन्न दस्तावेजमा लेखिएअनुसार ४ मार्च १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा कालीनदी हो । सन् १८२७ र १८५६ का नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई कालीनदी भनिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।