Amargadhi Post

महाकाली साहित्य संगमको गौरा बिर्सजन

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१७ गते । महाकाली साहित्य सङ्गमले आयोजना गरेको गोरा महोत्सव विर्सजन भएको छ। भदौ १० गतेबाट सञ्चालन भएको गौरा महोत्सब सोमबार विधिवध रुपमा विर्सजन गरिएको हो। सङ्गमले कोरोना महामरीलाई मध्यनजर गरि सङ्गम भवनमा सामाजिक दुरी र स्वास्थ्यलाई ख्याल गरेर भर्चुअल माध्यमबाट गौरा मनाएको हो।

सामाजिक दुरि कायम गरि स्वास्थ्य सचेतनाको पूर्ण पालना गर्दै उद्घाटन र समापनमा ठाडो खेल र डेउडा खेलिएको थियो। महोत्सव अवधीमा भएका गतिविधि फेसबुक, युट्युब र भाइवरमार्फत ससारभर हेर्न र सुन्न सकिने ब्यवस्था गरिएको सङ्गमका अध्यक्ष हरिशप्रसाद भट्टले बताए।

गौराका विविध पक्षमाथि प्रा।डा।मुकुन्द कलौनी, डा।टेकराज पन्त, उप सचिव पदमराज जोशी, आचार्य घनश्याम लेखक, सङ्गमकी पूर्व उपाध्यक्ष नारा जोशी, ज्योतिष लक्ष्मीकान्त जोशी, पञ्चमराज भट्ट, कृष्णकान्त चटौत, दिर्घराज ओझा, डम्मरदत शर्मा वडु, मिना पन्त,जगदिश ओझा, खगेन्द्र नाथ, बशीधर जोशी, अर्जुन सिह नेगी, वाल कुमारि हमालले प्रकास पारेका थिए। महासचिव भवानी चन्दले सङ्गम कार्यक्रमबारे मन्तब्य राखेका थिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।