Amargadhi Post

सूचना माग्दा धम्की दिएपछि मेलौली नगरपालिका बिरुद्ध उजुरी १

बैतडी, असोज १२ गते । बैतडीको मेलौली नगरपालिकाको नाममा रहेका विभिन्न सवारी साधन जनप्रतिनिधिका नातेदारहरुले दुरुपयोग गरेर चलाएको विषयमा सूचना माग्दा धम्की दिएर सूचना नदिएपछि स्थानीय एक महिलाले राष्ट्रिय सूचना आयोगमा उजुरी दिनुभएको छ ।

सूचनाको हक अन्तरगत २०७७ असार ९ गते मेलौली नगरपालिका– २, की जानकी चन्दले नगरपालिकामा के कति सवारी साधन रहेका छन् रु भन्ने विषयमा जानकारी माग्दा उल्टै धम्की दिएपछि असोज ११ गते राष्ट्रिय सूचना आयोगमा उजुरी दिनु भएको हो । उजुरीमा भनिएको छ, ‘ मेलौली नगरपालिकाले सवारी साधन किन्दा भ्रष्टाचार गरेको, कार्यालयका नाममा दर्ता भएका सवारीसाधन जनप्रतिनिधिका आफन्त नातेदारले निजी बनाई प्रयोग गरेको व्यापक हल्ला थाहा पाएपछि मिति २०७७ असार ९ गते हुलाकबाट रजिष्ट्री गरि सूचनामागेको । सूचना नदिएपछि मिति २०७७ । ४ । ११ गते आफै उपस्थित भएर दोश्रो निवेदन कार्यालय प्रमुखलाई दिँदा सूचना दिन्न , जे गर्नुहुन्छ गर्नुस् भन्दै रुखा शब्द प्रयोग गरि सूचना नदिई अन्यायमा परेकोले यो पुनरावेदन पेश गरेकी छु ।’
उजुरी निवेदनको व्यहोरा

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।