Amargadhi Post

एमाले विधान महाधिवेशन स् समूहगत छलफल सकियो, टोली नेताले सुझाव प्रस्तुत गर्ने

अमरगढी समाचार
काठमाडौं, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँकाअनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नेछन् । ‘सुझावहरुलाई अहिले २ बजेदेखि नेताहरुले प्रस्तुत गर्ने छन्,’ उहाँले भन्नुभयो । पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।