Amargadhi Post

पुलको डीपीआरबारे अख्तियारद्वारा अनुसन्धान सुरु

भवानी भट्ट
कञ्चनपुर — भीमदत्त नगरपालिकामा झन्डै एक दर्जन पुलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । आयोगले सोमबार डीपीआर निर्माणसम्बन्धी आवश्यक कागजात मगाएर अनुसन्धान सुरु गरेको हो ।

आयोगको कार्यालयमा आइतबार नगरपालिका क्षेत्रका १० वटा पुलको डीपीआर निर्माणमा १ करोडभन्दा बढीको अनियमितता भएको भन्दै पत्रकार तथा नेकपा समाजवादीका नेता खेम भण्डारीले अख्तियारमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । नगरपालिकाले डीपीआर निर्माणका लागि कन्सल्टेन्सी छनोटमै त्रुटी गरेको भण्डारीले उजुरीमा उल्लेख गरेका छन् ।

मल्ल एन्ड ग्रुप इन्जिनियरिङ कन्सल्टेन्सीलाई डीपीआर स्वीकृत नहुँदै १ करोड भुक्तानी दिएको उजुरीमा उल्लेख छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।