Amargadhi Post

‘वाह बोस! क्या कविता भन्नुभो’

काठमाडौं – आयाम आर्ट वर्कले शनिवार ‘वाह बोस! क्या कविता भन्नुभो’ कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिवार मित्रपार्कको एक सय नौ डिग्री रेस्टुरेन्टमा सशुल्क कविता वाचनको कार्यक्रम गर्न लागिएको हो ।

फेब्रुअरी १६ अर्थात् भोलि हुने यो कार्यक्रममा टिकटको शुल्क रुपैयाँ पचास तोकिएको छ । टिकटका लागि कार्यक्रम स्थलमा अग्रीम टिकट लिने व्यवस्था गरिएको आयोजकले अनलाइनमार्फत जानकारी दिएको छ ।

आयाम आर्टवर्कले युवापुस्ताका कविहरुलाई कविता वाचन गर्ने र कविता सुन्ने कार्यक्रम आयोजना गर्ने गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।