अमरगढी पोष्ट समाचार
डडेल्धुरा असोज ५ गते । नेपाली कांँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत डडेल्धुरामा भएका वडा अधिबेशन धमाधम सम्पन्न हुदैछन । दुई समुहमा बिभाजित भएको डडेल्धुरा काँग्रेसमा करिब ८० प्रतिशत भन्दा बढी वडाहरुमा अधिबेशन सम्पन्न भएको जनाएको छ ।
नेपाली काग्रेस डडेल्धुराका सभापति भीमबहादुर साँउदको नेतृत्वको टिमले डडेल्धुराका ५२ वटै वडामा वडा अधिबेशन सोमबार सम्पन्न हुने दाबी गरेको छ ।
वडा अधिबेशनहरु धमाधम र सौहार्दपुर्ण रुपमा भईरहेको र बाकी वडा अधिबेशन आज हुन लागेको बताईएको छ । नेपाली काग्रेसका जिल्ला सहसचिब प्रेम महरले दिएको जानकारी अनुसार असी प्रशित भन्दा बढी वडा अधिबेशन सम्पन्न भएको र बाकीमा आज हुन लागेको बताउनु भएको छ ।
काँग्रेस बिधी र बिधानले चल्ने पार्टी हो कसैको भाबना र लहडमा चल्दैन बिशेष महाधिबेशनबाट आएको केन्द्रीय नेतृत्वले स्विकार गरिसकेपछि के को समस्या महरले भने केन्द्रीय पार्टीको निर्देशन र सर्कुलर बमोजिम अधिबेशन गर्नुपर्ने जिल्ला पार्टीको दायित्व हो । काग्रेसमा बिबाद हरेक बेला हुन्छ तर निती र बिधी मान्नु काग्रेसजनको कर्तब्य हो उहाँले भन्नुभयो— ७ गतेबाट पालिका अधिबेशन भएर केन्द्रीय महाधिबेशनमा प्रतिनिधीहरु सहभागी हुनेछन ।

जिल्ला सभापति भीमबहादुर साउँद, केन्द्रीय सदस्य नैनसिंह महर, पूर्वसभापति रघुवर भट्ट, पूर्वमन्त्री गोविन्द बोहरा, सचिव हेमराज चटौत, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, सहसचिव प्रेमबहादुर महर,गोविन्दराज बोहरा, हरिप्रसाद भट्ट र करुणाकर भट्ट,कैलास कुमार पाण्डेय शेरबहादुर साँउद लगायतका नेताहरू वडा अधिवेशन प्रक्रियामा सहभागी भईरहेका छन ।

जिल्ला उपसभापतिद्वय डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी, सचिव शेरबहादुर भण्डारी, पूर्वराज्यमन्त्री सरस्वती खड्का, जगत ऐर लगायतका नेताहरू पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते अघि बढाउने भनिएको समानान्तर अधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा जुटेका छन । डडेल्धुरा काँग्रेसमा बिबाद यो नौलो होईन १४ औं जिल्ला अधिबेशनमा पनि डडेल्धुरामा दुई खेमामा बिभाजित भएको थियो । तत्कालिन सभापती कर्ण मल्ल नेतृत्वको बहुमत कार्यसमिति टिम बाहिर रहेर जिल्ला अधिबेशन भएको थियो ।

उनीहरुले पार्टि बिधी पद्धती भन्दा बाहिर गएर अधिबेशन सम्पन्न भयो भन्दै बिरोध जनाएपनि सुनुवाई नभएपछि काग्रेस छोडेर बिपी काग्रेसमा आबद्ध भए । संघिय निर्बाचन अघि काँग्रेसमा समाहित भएका बिपी काँग्रेसका नेता कार्यकर्ताहरु अहिले फेरी कोही अधिबेशनमा सहभागी छन भने कोही बहिष्कारमा छन । पार्टीको आधिकारीक काग्रेसको नेतृत्व गगन थापाले लिईरहनु भएको छ । उहाँले देशभर वडा अधिबेशन,पालिका अधिबेशन र केन्द्रीय महाधिबेशनको कार्यतालिका अनुसार अधिबेशन भईरहेको छ जो सहभागी छन काँग्रेस बिभिन्न कमिटिहरु जिम्मेवारी पाउने छन जो सहभागी हुदैनन उनीहरुका लागी पार्टी सदश्य भएर बस्ने वा अर्काै पाटी गठन गरेर जिम्मेवारी लिने यि दुई बिकल्प खुला रहनेछ ।



