Amargadhi Post

नेपालमा अब फेरि अराजकता र हिंसाको राजनीति सम्भव छैन ः प्रधानमन्त्री ओली

अमरगढी पोष्ट समाचार
काठमाडौँ,भदौ,१५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कहिल्यै पनि विगतको जस्तो हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने बताएका छन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टुु द फायर’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले श्रीलंका वा बंगलादेशको जस्तो अवस्थाबाट सिक्न भनेर नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुुष्पकमल दाहालले दिएका अभिव्यक्तिप्रति असहमति व्यक्त गरे । उनले नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ नभएकाले यहाँ त्यस्तो हुन सम्भव नरहेको दाबी गरे ुनेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन, प्रधानमन्त्री ओलीले भने, हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छुु–नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।

माओवादीको ‘अन्धधुन्ध’ हिंसात्मक गतिविधि चलेका बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानका लागि वार्ताको पनि पहल गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन् हुने गरी हुने कुनै पनि गतिविधि वा अराजकतालाई राज्यले कानुुनीरुपमा रोक्ने बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।