लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,१६गते । डडेल्धुरामा गौमाता सरक्षण सम्र्बद्धन अभियान सुरु भएको छ । गाई तिहार पुजाकै दिन उग्रतारा मन्दिरको प्रागणबाट एक औपचारिक कार्यक्रम गर्दे आजबाट श्री उँ सनातन हिन्दु प्रतिष्ठान र अमरगढी अनलाईन टिभीको सयुक्त आयोजनामा जिल्लाका सरोकारवालाहरुको सहभागितामा अभियानको सुरुवात गरिएको हो । सडकमा बेबारिसे रहेका गौमाताहरुको संरक्षण तथा सम्बद्र्धन अभियान आबश्यक भईसकेको नागरिक समाजका अध्यक्ष रमेश प्रशाद जोशीले बताउनुभयो । गौमातालाई सडकमा बेबारिसे बनाउनेहरुलाई सचेतना गराउनुपर्नेमा जोडदिनुहुदै राज्यका निकायहरुले गाई संरक्षण सम्बद्र्धन गर्ने किसानहरुलाई पुरुष्कृत तथा सहुलियत कार्यक्रम ल्याउनुपर्ने जोशीको भनाई थियो ।
कार्यक्रममा पत्रकार महासंघका निर्बतमान अध्यक्ष मानबहादुर साँउदले जनचेतनाको अभाबका कारण किसानहरु दुध खान्जेल सम्म पाल्ने त्यसपछि सडकमा छोडीदिने प्रबृतीका कारण गौमाताहरुमाथी अन्याय भईरहेको बताउनुभयो ।

अमरगढी नगरपालिकाबाट गौमाता संरक्षणका लागी प्रत्येक घरको गौमाता तथ्याक संकलन गर्दे गाईलाई बेवारिस बनाउने बिरुद्धको अपराधका रुपमा स्थानिय सरकारले कानुन निर्माण गर्दे सचेतना अभियान थाले न्युनिकरण हुनेमा साउदको जोड थियो । बेबारिसे गौमाताको संरक्षणका लागी तत्काल गौशाला निर्माण गरि सडक दुर्घटना हुनबाट समेत जोगाउनुपर्नेमा जोड दिदै साउदले गौमाता लाई बेवारिसे बनाउदै जानेहो भने गौमाता लोपहुनबाट समेत जोगाउनुपर्ने दायित्व आफुहरुको रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेसका नेता गोबिन्द बोहराले स्थानिय सरकारले गौमाता संरक्षण अभियानलाई सार्थक बनाउन किसान सहुलियत कार्यक्रम ल्याउनुपर्ने र सबै नागरिकलाई र्गाैमाताको महत्वका बिषयमा ब्यापक सचेतना गराउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा राप्रपाका नेता गोबिन्द खडायत,जेसीस बर्ष २०२४ की अध्यक्ष लक्ष्मी ऐर,अमरगढी नगरपालिका वडा नं.८ का वडा अध्यक्ष नरबहादुर साकी ,गौमाता सरक्षण अभियानका सयोजक तिलक हमाल लगायतका बक्ताहरुले गौमाता संरक्षण अभियानलाई सार्थक बनाउन सबैमा अनुरोध गरेका छन । झण्डै एक घण्टाको अमरगढी अनलाईन टिभीले गौमाता संरक्षणका लागी के गर्न सकिन्छ भन्ने उदेश्यका साथ एक घण्टे भिडियो छायाकन गरिएको थियो । कार्यक्रमको प्रस्तोता पत्रकार लोकेन्द्र ओझाले गर्नुभएको थियो भिडियो छायाकन पत्रका टेकराज अबस्थीले गर्नुभएको थियो ।


