Amargadhi Post

पूर्वप्रधानमन्त्री देउवा एकसाता गृहजिल्ला डडेल्धुरामा बस्ने कार्यक्रम,अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

लक्ष्मी ऐर 
डडेल्धुरा,कार्तिक २७ गते । नेपाली काँग्रेसका सभापति तथा पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गृह जिल्ला डडेल्धुरा पुगेर साता ब्यापी कार्यक्रम तय गरेका छन । जिल्ला सदरमुकाम पुग्नु आगवै देउवाले जिल्लाको भित्रीमद्येश जोगबुढा,आलितालका स्थानिय नेता कार्यकर्ता संगको भेटघाट कार्यक्रममा जिल्लाका अधुरा रहेका विकासे योजनाहरुलाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन् ।
रंगुन नदीमा अधुरो रहेको तटबन्ध निर्माण गर्ने, परशुराम नगरपालिका ६ र १२ जोड्ने रंगुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडक खण्डमा पनि पक्की पुल निर्माण गर्ने पुर्ब प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो । नेपाल भारत सिमा क्षेत्र रहेको परशुराम धाम अन्र्तगत महाकाली नदीमा पक्की पुल निर्माण गर्ने कामको प्रक्रिया अघि बढेको बताउनु भएको छ ।


परशुराम क्षेत्रमा आयोजित भेटघाट कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदश्य एबम पुर्ब मन्त्री पठानसिह बोहरा,पुर्ब राष्ट्रिय सभा माननीय चक्रप्रशाद स्नेही लगायतका नेताहरुले पजि जिल्लाको बिकास निर्माणमा पहलकदमीका लागी देउवालाई आग्रह गर्नुभएको थियो ।
यसैगरी नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटीले देउवालाई एक सय ७२ बुँदे ध्यानाकर्षणपत्र तथा मागपत्र बुझाएको छ । नगर कमिटी अध्यक्ष शेरसिंह मालको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
परशुरामबाट डडेल्धुरा जिल्ला सदरमुकाम जाने क्रममा देउवालाई ठाउँठाउँमा बाजागाजा सहित स्वागत गरिएको थियो । काँग्रेसका नेता तथा कार्यकर्ता, देउवाका आफन्त र अन्य पार्टीका नेता तथा कार्यकर्ता पनि देउवाको स्वागतमा सहभागी भएका थिए । सोमबार बेलुका जिल्ला सदरमुकाम अमरगढी पुगेका देउवालाई बाजागाजासहित स्वागत गरिएको छ । देउवा ०७० पछि पहिलोपटक सडक मार्ग भएर गृहजिल्ला पुगेका हुन् । ०७४ र ०७९ को निर्वाचनमा उनी हेलिकोप्टरमार्फत जिल्लाका विभिन्न कार्यक्रम र मतदानमा सहभागी भएका थिए । मसिर १ गतेसम्म गृहजिल्लामा रहने उनी धार्मिक र पार्टीका कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको डडेल्धुरा काग्रेस सभापती भीमबहादुर साउदले जानकारी दिएका छन ।


देउवा कात्तिक २७ गते आाज गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् । उनले २८ गते पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम छ । उनी ३० गते आफ्नो गृहपालिका गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुनेछन् । देउवा २०४८ साल देखि लगातार डडेल्धुराबाट निर्बाचित भएर जाने संघिय सांसद हुन उनी पांच पटक दे्शको प्रधानमन्त्री समेत भईसकेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।