लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक,२९ गते । एकसाता देखि गृह जिल्ला डडेल्धुरामा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत आयोजना बन्ने प्रक्रियामा अघि बढेको बताउनु भएको छ ।
भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै प्रक्रियाको चरणमा अघि बढेकाले अब बनेर छोडिने नेता देउवाको भनाई थियो । भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ ९एसआर–६० जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर मस्यौदा लगानी बोर्डलाई बुझाई सकिएको र छिटटै बन्ने प्रक्रियामा रहेको देउवाको बिश्वास थियो । “पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो,” उनले भने “करिब करिब बन्ने भईसकेको छ अब ढुक्क हुनुहोस नेता कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा देउवाले भनेका छन । एकसाता देखि जिल्ला भ्रमणमा रहनु भएका देउवाले स्थानिय नेता कार्यकर्ताहरुको राय सुझाब लिदै ८४ मा काँग्रेस पहिलो पार्टी बन्नुपर्ने धारणा समेत देउवाले राख्नु भएको छ । देउवाको राजनितिक भ्रमण मात्रै नभई धार्मिक भ्रमण समेत रहेको र यहाँका मेला जात्रा र धार्मिक स्थलहरुको पुजापाठ समेत गर्दे आउनु भएको छ ।
