Amargadhi Post

डडेल्धुरामा झण्डै ६ हजार बचतकर्ताको बिल्लीबाठ गरि फरार रहेको सहकारीले कहिले पैशा फिर्ता गर्छ शेरबहादुर दाई ?

मानबहादुर सांउद
डडेल्धुरा,कार्तिक,२९ गते । नेपाली काँग्रेसका केन्द्रीय सभापती एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा दाई तपाई २५ गते देखि आफ्नो गृह जिल्ला डडेल्धुरामै हुनुहुन्छ मेरो तर्फबाट अभिबादन सहित स्वागत छ । तपाई डडेल्धुराको बिकट गाँउ रुवाखोलामा जन्मीएर यसरी देशको पाँच पटक प्रधानमन्त्री र काँग्रेस पार्टीको केन्द्रीय सभापती हुनुहोला भन्ने आकलन र बिश्वास कमै थियो तर डडेल्धुरेली जनताको अपार माया स्नेह पाउनु भयो र तपाईको भाग्यले पनि साथ दियो आज डडेल्धुरेली छोरो छैटौ पटक प्रधानमन्त्रीको लाईनमा हुनुहुन्छ र कसैले रोक्न सक्ने छैनन तपाईलाई । डडेल्धुराले तपाईमाथी थुपै आशा,भरौशा र बिश्वास गरेको थियो तर कति गर्नु भयो कति बाँकी छ कति आगामी दिनमा गर्नुहुन्छ एक पटक राम्रो संग आत्मसमिक्षा गर्नुहोला यो मेरो सुझाब हो । कतिबेला मन घोत्लिएको बेला गर्भ लाग्छ यो भुमिले जन्माएको एउटा सपुत यो मुलुकले पटक पटक नेतृत्व हाक्ने अबसर प्राप्त गयो तर यो भुमि र यहाँको जनताले के पाए र के पाउनु बाँकी छ जिबनको उत्तारर्दमा हुनुहुन्छ एक पटक आत्मसमिक्षा गरेर अघि बढ्नुहोला तपाईलाई डडेल्धुरेली जनताले युग युग सम्म सम्झीनेछन । पछिल्लो दुई बर्ष देखि डडेल्धुराका जनता र तपाईका मतदाताहरु सहकारीमा बचत गरेको रकम लिएर फरार सहकारीबाट पिडित छन तपाई बोल्ने की नबोल्ने यसकै प्रतिक्षामा छन ।


२०७१ सालमा डडेल्धुरामा स्थापना भएको शिब शिखर बहुउदेश्यिय सहकारी संस्थाले झण्डै डडेल्धुराबाट ४० करोड रुपैया संकलन गरेर फरार छ तर बचतकर्ताहरुको बिल्लीबाठ गर्दा सम्म सरकार चुईक्क बोल्दैन अनि तपाई पनि बोलीरहेको कही सुनिर्दैन के सहकारीमा रकम बचत गर्नु नै अपराध थियो यसको जवाफ आफ्ना मतदातालाई कहिले दिनुहुन्छ शेरबहादुर दाई हामी प्रतिक्षामा छौं ?
सरकारले लाईसेन्स दिएर धमाधम सहकारी खोल्यो तर त्यही सहकारीमा सर्बसधारणले पैशा बचत गरे के त्यो अपराध थियो र हैन भने ठगी गर्ने सहकारी बिरुद्ध सरकार किन कडाई रुपमा प्रस्तुत हुन सकीरहेको छैन र पिडितहरुको बचत रकम फिर्ताको सुनिश्चितताको ज्ञारेन्टी कहिले हुन्छ देउवा दाई तपाईकै मुखारबिन्दुबाट यहाँका पिडितहरुले जान्न चाहीरहेका छन भन्न किन्न ढिलाई गरिरहनु भएको छ ? आफुहरुले खाई नखाई छोरा छोरीको भबिश्यलाई हेरेर सहकारीमा पैशा बचत गरेको हो अनि त्यो बचत पैशा अपचलन गरेर फरार ठग सहकारीलाई कानुनको कठघरमा उभ्याएर छिटो छरितो बचतकर्ताको पैशा फिर्ता गराउन बषौं कुर्नुपर्ने यही हो त जनताको सरकार ? सहकारीमा बचत गरेको रकम कसैले दुरुपयोग गर्छ भने तुरुन्त कानुनको कठघरमा उभ्याएर फिर्ता गराउन बषौं लाग्नुपर्ने अनि सरकार जनताको हो भनेर दुहाई गरिनुपर्ने यो कस्तो बिडम्बना हो शेरबहादुर दाई ।


बचतकर्ताको जम्मा गरेको पैशा हिनामिना गर्ने ठग सहकारीमाथी अबिलम्ब कारबाही गरेर बचतकर्ताको पैशा फिर्ता गर्ने आट सरकारलाई नभएकै हो त ? की सरकार सहकारी ठगमा स्वयम आफै संलग्न त छैन घटनाक्रमले यही बताईरहेको छ । सहकारी खोल्ने अनि बचत गराउने अनि ठगी गर्दे बचतकर्तालाई बाच्नु र मर्नुको दोशाधमा पुयाउदा सम्म पनि न तपाई बोली राख्नु भएको छ न सरकार बोलीरहेको छ तै चुप मै चुप भन्ने बाटोमा हिडीरहेको अनुभुती जनताहरुले गरिरहेका छन तर होईन भने काम गरेर देखाई दिनुहोस र बचतकर्ताको हातमा कहिले पैशा आउछ भनिदिनुहोस यसकै प्रतिक्षामा छन डडेल्धुरेली जनता ।
बास्तबमा देशभर अहिले सहकारी पिडितको संख्या बढ्दैछ र पिडितहरु आत्महत्याको बाटो रोज्नुको बिकल्प देखिरहेका छैनन तर हाम्रो सरकार र सरकार संचालकहरु नजर अन्दाज गरिरहेका छन यही त हो बास्तबिकता ? होईन भने प्रमाणित गरिदिनुहोस की बचतकर्ताको रकम कहिले सम्म फिर्ता हुन्छ भनिदिनुहोस यसकै जवाफ मागीरहेका छन पिडितहरुले ।


बचतकर्ताहरु आफ्नो रकम फिर्ताको आशमा दुई बर्ष बिताई सके कति बर्ष बिताउनु पर्ने हो ? तपाई डडेल्धुरामै रहेका बेला भनिदिनुहोस देउवा दाई कहिले बचतकर्ताहरु आफ्नो रकम फिर्ता पाउछन भन्न किन ढिलाई ? अनि तपाई यो जिल्लाको मात्रै होईन देशकै अभिभाबक हो अन्यायमा रहेका पिडितहरुलाई न्याय दिलाउने तपाईको जिम्मेवारी होईन र ? अनि चुईक्क बोल्नु हुन्न के बाध्यता आईपयो भनिदिनुपर्छ यसकै जवाफको प्रतिक्षामा छौं ।
यो लेखक तपाईलाई राम्रो संग चिन्दछ र तपाई संग धेरै पटक समग्र डडेल्धुराको बिकासका बिषयमा सवाल जवाफ भएको छ तर तपाई कहिल्यै पनि डडेल्धुराका बिषयमा गम्भिर भएको पाईन यो मेरो अनुभब हो म कही झुटो पनि हुन सक्छु तर मेरो अनुभब हो । तर पनि डडेल्धुरामा लामो समय बसेको यही बेला हो भन्दै मैले केही काँग्रेसका नेताहरु संग एक पटक सहकारी पिडितहरुका समस्याका बिषयमा शेरबहादुर दाईलाई ज्ञापनपत्र र समस्या दर्शाउने समय माग गरेको थिए तर पाउन सकेनौं तर यो बिषय तपाईका लागी महत्पुर्ण नहोला तर ६ हजार भन्दा बढी यहाको सहकारी पिडितहरुका लागी महत्वपुर्ण बिषय हो एक पटक मनन गर्न अनुरोध गर्दछु । यति बेला सहकारी पिडितहरु दर्दनाक पिडामा छन एक पटक उनीहरु संग बसेर कुरा सुन्नुहोस बास्तबिकता के हो ? २०४८ सालबाट लगातार डडेल्धुराबाट जनप्रतिनिधी भईरहनु भएको छ देशको छैटौ पटक प्रधानमन्त्रीका रुपमा फेरी डडेल्धुराले देखिरहेको छ तर सहकारी पिडितका अवाज सुन्ने की नसुन्ने आम प्रश्न यतिबेला तपाईमाथी तेर्सिएको छ । डडेल्धुराका सहकारी पिडितहरुले जिल्ला प्रहरी कार्यालयमा रकम हिनामिना गर्ने सहकारी संचालक देखि कर्मचारी सम्म मुद्धा दर्ता गर्दे बचत रकम यथासिध्र्र फिर्ता गराउनका लागी अनुनय बिनय गरियो सुनुवाई भएको छैन ।

डडेल्धुरामा आएको बेला अहिलेका प्रधानमन्त्री केपी शर्मा वलीलाई पिडितहरुले ज्ञापनपत्र बुझाए तर सुनुवाई हुन सकेन तत्कालिन गृहमन्त्री तथा रास्वपाका सभापती रबी लामिछानेलाई ज्ञापनपत्र बुझाए टेरपुच्छर लागेन तर धन्यबाद दिनुपर्छ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई उहाले हामीले दिएको ज्ञापनपत्र बुझदै संसदमा यो अबाज उठाउछु भन्नुभयो र उठाउनु पनि भयो तर तपाई अहिलेको गठबन्धन सरकारको शक्तिशालि ब्यक्तित्व तपाईकै गृह जिल्लाका मतदाता ठगिएका छन अनि तपाई भाबी प्रधानमन्त्री पनि अनि काँग्रेस पार्टीको केन्द्रीय सभापति पनि तपाईले चाहानु भयो भने डडेल्धुराले त चुटकीका भरमा न्याय पाउछ, पाउछ अनि देशभरका सहकारी पिडितले पनि न्याय पाउनेछन हामीलाई बिश्वास छ ।

पटक पटक जिल्ला प्रशासन मार्फत सरकारको ध्यानाकर्षण गराएका छौं पटक पटक आन्दोलित भएका छौं तर सडकमै रक्तपात हुने गरि आन्दोलनको आधीबेहरी सिर्जना गरेका छैनौ तर त्यो हामीले चाहेको पनि होईन तर त्यस्तो बाध्यताम्क स्थिती सिर्जना गर्न सरकार अघि बढ्यो भने ०६२÷०६३ को जनआन्दोलनका थुप्रै सहभागी छौं र १० बर्षै शशस्त्र युद्ध लडेका योद्धाहरुको मिश्रित आन्दोलन भयो भने सरकारले घुणा टेक्न बाध्य पारिन्छ त्यसैले त्यो स्थितीको कल्पना सम्म नगरौं यसको समाधान छिटटै गरिदिनुहोस शेरबहादुर दाई यसमै समग्रको हित छ । डडेल्धुराको समग्र बिकास निमाण देखि ठुला आयोजना र परियोजनाका बिषयमा फेरी पनि कुरा गरौंला शेरबहादुर दाई अहिलेको डडेल्धुराको जवलन्त समस्या सहकारी पिडितको हो नै हो यो मुद्धा बोक्ने की नबोक्ने यसको जवाफ डडेल्धुरामै रहेका बेला दिनुहुनेछ भन्ने बिश्वास सहित आफ्नो भनाई अन्त्य गर्दछु जय सहकारी पिडित एक हौं अन्यायका बिरुद्ध र न्यायको पक्षमा गोलबद्ध बनौं यसैमा मुक्ति छ धन्यबाद ‘।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।