लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक ३० गते । नेपाली काँग्रेसका केन्द्रीय सभापती एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको बर्तमान गठबन्धन सरकार ८४ सम्म टिक्ने बताउनु भएको छ । नेपाल प्रेश युनियन डडेल्धुरा शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै देउवाले मुलुकको परिस्थतीलाई आकलन गरेर गठबन्धन भएकाले कुनैपनि हालतमा ८४ अगाढी सरकार नलग्ने दाबी गर्नुभयो ।
एकसाता देखि आफ्नो गृह जिल्ला डडेल्धुरामा रहनु भएका पुर्ब प्रधानमन्त्री देउवाले काँग्रेस एमालेको गठबन्धन सरकारले मात्रै स्थायीत्व दिने सक्ने भएकाले ठुला दुई दल मिलेको प्रष्टयाउनु भयो ।
सरकार बन्ने र ढल्ने कुराले देश अस्तब्यस्त बन्यो जनमतको कदर भएन नेता देउवाले पत्रकार सम्मेलनमा भने— ठुला दल प्रतिपक्षमा र साना दल सत्तामा रहने प्रबृतीले राजिनितभित्र बिकृती मौलाएको आरोप लगाउनुभयो ।
गठबन्धन सरकारका बिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ कसैबाट बदमासी हुदैन भन्ने हाम्रो बिश्वास हो पुर्ब प्रधानमन्त्री देउवाले भनेؙ मुलुकमा भएको राजनितिक अस्थिरता र आर्थिक संकटको समाधान गर्दे मुलुकलाई सही दिशामा डो¥याउने दायित्व रहेको बताउनुभयो ।
डडेल्धुरामा रहेको अधुरा बिकास योजनाहरु पुर्णता हुने दाबी गर्नुहुदै उहाँले महाकाली नदीमा पक्की पुल र पश्चिम सेती परियोजना बनाउने प्रक्रियामा सरकार अघि बढिसकेकाले यहाँको आर्थिक अबस्थामा निकै सुधार आउने बताउनुभयो । पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुदै पुर्ब प्रधानमन्त्री देउवाले सहकारीबाट पिडितहरुको बचत रकम तत्काल फिर्ता गराउन पहल गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो मलाई बल्ल थाहा भयो डडेल्धुरामा पनि सहकारीबाट जनता ठगिएका छन भन्ने कुरा यँहा आएर थाहा पाए ठगी गर्ने सहकारीमाथी अबिलम्ब कारबाही गरेर जनताको रकम फिर्ता गराउन आफु लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
डडेल्धुरामा रहेको शिबशिखर बहुउदेश्यिय सहकारीले झण्डै ४० करोड रुपैया निक्षेप संकलन गरेर दुई बर्ष देखि बचतकर्ताहरुलाई पिडित बनाईरहेको छ उनीहरुले कहिले बचत फिर्ता पाउछन भन्ने प्रश्नमा देउवाले जतिसक्दो चाडो रकम फिर्ता पाउनुपर्छ भन्नुभयो ।
निर्बाचनको बेला तपाईले चुनाब जिते राजधानी डडेल्धुरा ल्याउछु भन्नु भएको थियो तर आएन नी भन्ने प्रश्नमा उहाँले आफुले त्यस्तो नभनेको र कैलालीमै राजधानी ठिक छन नी के बिग्रीयो भन्दै जवाफ फर्काउनु भयो ।
आजै डडेल्धुरामा उहाकी धर्मपत्नी एबम परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा समेत पुग्नु भएको छ । देउवा दम्पती आफ्नो जन्मघर डडेल्धुराको गन्यापधुरा गाँउपालिका वडा नं.१ ँरुवाखोलामा यही कार्तिक ३० गते साँझ कुलदेबताको पुजापाठ गर्ने कार्यक्रम रहेको काग्रेस जिल्ला सभापती भीमबहादुर साँउदले जानकारी गराउनु भएको छ ।
