मानबहादुर साँउद
डडेल्धुरा,कार्तिक ३० गते । नेपाली काँग्रेसका केन्द्रीय सभापती एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीबाट डडेल्धुराका सर्बसधारण पनि ठगिएको बल्ल थाहा पाएको बताउनु भएको छ । नेपाल प्रेश युनियन डडेल्धुरा शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै पुर्ब प्रधानमन्त्री देउवाले सर्बसधारणको बचत रकम खाएर एक सहकारी फरार छ भन्ने पत्रकारहरुको मुखबाटै सुनीरहेको बताउनुभयो ।
झण्डै ४० करोड रुपैया निक्षेप संकलन गरेर शिब शिखर नामको सहकारी फरार छ दुई बर्ष देखि डडेल्धुराका बचतकर्ताहरुको बिल्लीबाठ भएको छ कहिले फिर्ता गराउनुहुन्छ भन्ने प्रश्नमा उहाँले ठगी गर्ने सहकारीका ब्यक्तिहरुलाई पक्राउ गरेर असुल उपर गराउनुपर्छ भन्दै पहल गर्ने बताउनुभयो । यति ठुलो रकम खाएर फरार भएको सहकारीमाथी अबिलम्ब कारबाही गरि जनताको पैशा फिर्ता गराउन सरकार लागी पर्ने आश्वासन देउवाले दिनुभयो । मैले अहिले सम्म थाहा पाएको थिएन भन्दै देउवाले अन्यायमा रहेका पिडितहरुका बिषयमा तत्काल संसदमा बोल्छु भन्न सम्म पनि सक्नु भएन ।
बदमासी गर्ने सहकारीलाई कारबाही गरेर पैशा फिर्ता गराउनु पर्छ भन्ने देउवाको आशयमा पत्रकारले कहिले बचतकर्ताको हातमा पैशा आउछ त भन्ने जिज्ञासामा उनले पक्राउ गर्नु पयो अनि पैशा फिर्ता हुन्छ भन्दै गोलमटोल जवाफ दिनुभयो । आफ्नो निर्बाचन क्षेत्र डडेल्धुराका ६ हजार बचतकर्ताहरु दुई बर्षदेखि सहकारीबाट पिडित छन तर तत्काल पैशा फिर्ता गराउन नेतृत्वदायी भुमिका खेल्ने प्रतिबद्धता समेत ब्यक्त गर्न सक्नु भएन । चुनाबका बेला डडेल्धुराको बसपार्कमा दुई बर्ष अघि चुनाब जिते सुदुरपश्चिमको राजधानी डडेल्धुरा ल्याउछु भन्ने भ्याएका नेता देउवाले आज पत्रकार सम्मेलनमा मैले त्यस्तो नभनेको र राजधानी कैलाली नै उपयुक्त रहेको प्रतिकृया दिनुभयो । पहाडमा राजधानी सम्भब छैन कैलालीमै ठिक छ भन्नुभएका देउवाले सुदुरपश्चिमको राजधानी गोदावरी सार्ने प्रदेश सभाको पहिलो बैठकले गरेको निर्णय समेत कार्यान्वय हुन नसक्ने र कैलाली नै उपयुक्त हुने दाबी गर्नुभयो । यो गठबन्धन सरकार ८४ सम्म रहने ठोकुवा गर्नुभएका देउवाले सरकारको स्थायत्विका लागी दुई ठुला दल मिल्नुको बिकल्प नभएको बताउनुभयो ।
