पुर्ब प्रधानमन्त्री देउवा दम्पतीद्धारा उग्रतारा देहीजाँतको पुजाआराधना
डडेल्धुरा जेसीज बर्ष २०२४ ले बाड्यो निशुल्क खानेपानी बितरण
मानबहादुर साँउद
डडेल्धुरा,कार्तिक १ गते । नेपाली काँग्रेसका केन्द्रीय सभापती एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीले सुदुरपश्चिमकै शक्तिपिठ उग्रतारा देहीजाँतमा पुजाआराधना गरि मनाएका छन । एकसाता देखि डडेल्धुरामैै रहनु भएका देउवा र उनकी धर्मपत्नी संघिय सरकारका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त रुपमा उग्रतारा मन्द्यिरमा पुजाआराधना गरि मेलाको अबलोकन गरेका छन । यसैगरी डडेल्धुरा जेसीज बर्ष २०२४ सप्ताह कार्यक्रम अन्र्तगत उग्रतारा मेलाका दशनार्थीेहरुलाई निः शुल्क खानेपानी बितरण गरिएको थियो । डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई सोही कार्यक्रममा मायाको चिनो दिएर स्वागत गरिएको थियो ।

हरेक बर्ष शुक्लपुर्णिमाका दिन लाग्ने देहीजात उग्रतारा मेलामा सुदुरपश्चिम लगायतका भारतका बिभिन्न सहरबाट समेत भक्तजनहरु आउने गर्दछन । यो मेलाको मुख्य उदेश्य भनेको दशनार्थीेले मागेको र सोचेका कामकुरा पुरा हुने भएपछि दर्शनार्थीहरुको घुईचो लाग्ने गर्दछ ।
धार्मिक आस्थाको धरोहरका रुपमा रहेको उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक ३० गते रतेडी र मंसिर १ गते शनिवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । हरेक बर्ष शुक्लपुर्णिमाका अघिल्लो रात रतेडी र भोली पल्ट दिउसेडी लागेर सम्पन्न हुने गर्दछ । उग्रतारा मेलामा बिहानपख चार ठाँउबाट चौलो गाँज देउरा आएर मन्दिरमा पुजापाठ हुने र दिउसोभरी मेलामा परिणत हुने परम्परा छ । उग्रतारा देहीजातमा आफन्तजन र परिवार इष्टमित्रका बिचमा समेत बर्षाैं देखि भेटघाट हुन नसकेको अबस्थामा त्यो भेटघाट समेत यो मेलाले जुराई दिएको हुन्छ । डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन ९दिउसेडी मेला लाग्छ।

छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ।पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले बडालजात र उग्रतारा मेलामा सहभागी भएर पुजाआराधना समेत गरेका छन । ग्रामिण भेगका नेता कार्यकर्ता संगको भेटघाट र जिल्लाको बिकासका लागी बिभिन्न सरोकारवाला निकायहरुका बिचमा भएका अन्र्तक्रिया कार्यक्रमले अधुरा रहेका बिकास योजनाहरु सम्पन्न गर्न लाग्ने प्रतिबद्धता सहित आजै देउवा राजधानी फर्किने कार्यक्रम रहेको छ । देउवा एकसाता देखि आफ्नो गृहजिल्लाका कार्यकर्तासंग भेटघाटमा ब्यस्त रहेका बेला उनकी धर्मपत्नी डा.आरजु राणा देउवा उग्रतारा मेलाको दर्शन गर्न शुक्रबार साँझ डडेल्धुरा पुगेकी थिईन । उनको डडेल्धरा जिल्लामा नेता कार्यकर्ताहरुबाट भब्य स्वागत गरिएको थियो ।
