डडेल्धुरा जेसीजले बाँड्यो उग्रतारा देहीजातमा निःशुल्क खानेपानी
पुर्ब प्रधानमन्त्री देउवालाई प्रदान गरियो मायाको चिनो
लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक १ गते । डडेल्धुरा जेसीज बर्ष २०२४ ले शनिबार उग्रतारा मेला ( देहीजाँत) मा सहभागी दशनार्थी तथा भक्तजनहरुलाई निःशुल्क खानेपानी बितरण गरिएको छ । डडेल्धुरा जेसीज बर्ष २०२४ ले यही मंसिर १ गते देखि ७ गते सम्म आयोजना गरिएको जेसीज सप्ताह कार्यक्रमको पहिलो दिन उग्रतारा देहीजात मेलाका भक्तजनहरुलाई निुःशल्क खानेपानी बितरण गरिएको हो । उग्रतारा मेला (देहीजात) को दर्शन गर्न डडेल्धुरा आईपुग्नु भएका पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी संघिय सरकारका परराष्ट्र मन्त्री डा.आरजु देउवा राणालाई डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले मायाको चिनो प्रदान गरि स्वागत गरेकी थिईन । हरेक बर्ष शुक्लपुर्णिमाका दिन लाग्ने देहीजात उग्रतारा मेलामा सुदुरपश्चिम लगायतका भारतका बिभिन्न सहरबाट भक्तजनहरु आउने गर्दछन । यो मेलाको मुख्य उदेश्य भनेको दशनार्थीेले मागेको र सोचेका हरेक कामकुरा पुरा हुने जनबिश्वास छ ।

धार्मिक आस्थाको धरोहरका रुपमा रहेको उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक ३० गते रतेडी र मंसिर १ गते दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा उद्घाटन गरिएको निशुल्क खानेपानी बितरण कार्यक्रममा डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले नबदुर्गा गाँउपालिका वडा नं.१ का ८२ बर्षिय नबलसिह ऐरलाई पानीको बोतल प्रदान गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा हिमाल रोजिन एण्ड जडीबुटी प्रशोधन केन्द्र कैलाली,कैलपाल अफसेट प्रेस डडेल्धुरा र अमरगढी मिडिया हाउस डडेल्धुराले सहयोग गरिएको डडेल्धुरा जेसीजले जनाएको छ ।

उग्रतारा मेलामा बिहानपख चार ठाँउबाट चौलो गाँज देउरा आएर मन्दिरमा पुजापाठ हुने र दिउसोभरी मेलामा परिणत हुने परम्परा छ । उग्रतारा देहीजातमा आफन्तजन र परिवार इष्टमित्रका बिचमा समेत बर्षाैं देखि भेटघाट हुन नसकेको अबस्थामा यो मेलाले भेटघाट समेत जुराई दिएको हुन्छ । डडेल्धुरा सदरमुकामबाट ७ किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन (दिउसेडी मेला लाग्छ । छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुन्छ । पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले यो पटक बडालजात,असिग्राम जोत र उग्रतारा देहीजातमा सहभागी भएर शनिबार नै राजधानी फर्किएका छन ।



