Amargadhi Post

डडेल्धुरा जेसीजले बितरण गरयो अनाथ बालबालिका लाई शैक्षिक सामग्री

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,कार्तिक ३ गते । डडेल्धुरा जेसीज बर्ष २०२४ ले सोमबार डडेल्धुरामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको छ । जेसीज सप्ताहको तेश्रो दिन डडेल्धुरा जेसीज बर्ष २०२४ ले डडेल्धुराको अमरगढी ७ पोखरामा रहेका बेथस्दा बालगृहका बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएर भब्य रुपमा सप्ताह मनाएको छ ।


डडेल्धुराको पोखरामा रहेको बेथस्दा बालगृह आर्थिक अभाबका कारण समस्यामा रहेका बेला डडेल्धुरा जेसीज बर्ष २०२४ ले राहत स्वरुप बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेको हो ।
शैक्षिक सामग्रीमा कापी,डटपेन,औजार र क्यालकुलेटर उपलब्ध गराएर अनाथ बालबालिकालाई सहयोग भएको बेथस्दा बालगृहका संचालक जित ताम्राकारले बताउनुभयो ।


आर्थिक अभाबका कारण बालगृहमा बालबालिका राख्न सकिरहेका छैनौं अहिले जम्माजम्मी सात जना मात्रै छन ताम्राकारले भने—आर्थिक अभाबका कारण थप बालबालिका राख्न सक्ने अबस्थामा छैनौं । आफुहरुलाई अनाथ बालबालिका राख्नका लागी बिभिन्न जिल्लाहरुबाट फोनहरु आउने गर्छन आर्थिक अबस्थाले थेग्न सक्ने अबस्थामा छैनौं संचालक ताम्राकारले भने— राज्यका निकायहरुलाई सहयोगको याचना गरियो कतैबाट सहयोग पाउन नसकेको गुनासो छ ।


डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले बालगृहमा रहेर पढीरहेका बालबालिकालाई केही राहत पुगोस भनेर सहयोग गरेको बताईन डडेल्धुरा जेसीज बर्ष २०२४ ले यही मंसिर १ गते देखि ७ गते सम्म संचालन भईरहेको जेसीज सप्ताह कार्यक्रमलाई भब्यताका साथ सम्पन्न बिबिध कार्यक्रम गरि मनाईरहेको ऐर बताउनुभयो । बेथास्द बालगृह पोखराका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा डडेल्धुरा जेसीजका पुर्ब अध्यक्ष गोबिन्द बोहरा,लालमणी पन्त पत्रकार महासंघका निर्बतमान अध्यक्ष मानबहादुर साँउद, महासघंका जिल्ला सचिब पुष्कर भण्डारी,डडेल्धुरा जेसीज बर्ष २०२४ का कार्यकारी उपाध्यक्ष दिनेश पनेरु,महासचिब रमेश प्रशाद भट्ट रहनु भएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।