राज्यले खेलाडीको सम्मान गर्न नसक्नु बिडम्बना ः अध्यक्ष भट्ट
डडेल्धुरा जेसीजको भलिबल प्रतियोगिता उद्घाटन
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,कार्तिक ५ गते । अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश प्रशाद भट्ट बिकासले राज्यले खेलाडीको सम्मान गर्न नसकेको बताउनु भएको छ ।
डडेल्धुरा जेसीज बर्ष २०२४ ले बुधबार डडेल्धुरा सदरमुकाममा आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै भट्टले खेलाडी राष्ट्रका गहना हुन तर राज्यले सम्मान गर्न सकेको छैन यो बिडम्बना हो ।

जेसीज सप्ताहको पांँचौ दिन डडेल्धुरा जेसीज २०२४ ले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै गाँउपालिका राष्ट्रिय महासंघका केन्द्रीय कोषाध्यक्ष समेत रहनु भएका भट्टले खेलाडीको खेलमैदानमा मात्रै सम्मान हुने र मैदानपछि बेवास्ता गर्ने प्रबृतीले खेलाडीहरु दिनप्रति दिन पलायन भईरहेको बताउनुभयो ।
खेलाडीको जति सम्मान गर्न सकियो त्यति राष्ट्रका लागी फाईदाजनक हुन्छ अध्यक्ष भट्टले भने खेलाडीका लागी राज्यले सम्मान गर्ने कार्यक्रम ल्याउन जोड दिनुभयो । डडेल्धुरा जेसीजलाई धन्यबाद दिदै खेलाडीहरुको सम्मानार्थ भलिबल प्रतियोगिताको आयोजना गरेर खेलाडी र दर्शकहरुको भाबना समेट्ने प्रयास भएको बताउनुभयो ।
डडेल्धुरा जिल्लामा एउटा गतिलो खेलमैदान नभएको प्रति चिन्ता ब्यक्त गर्नुहुदै उहाँले आबश्यक खेलमैदान लगायतका अन्य बिकास निर्माणका सवालमा साँझा मुद्धा बन्नुपर्ने बताउनुभयो ।

जिल्लाको समग्र बिकास निर्माणमा साँझा धारणा बनाउन सक्नुपर्नेमा जोड दिनुहुदै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका भट्टले युबाहरुले अब मुलुक निर्माण गर्ने प्रक्रियाको हस्तक्षेपकारी भुमिकाको नेतृत्व गर्ने बेला आएको बताउनुभयो ।
डडेल्धुरा जेसीज बर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष गजेन्द्र शाही,पत्रकार महासंघका पुर्ब अध्यक्ष एबम नागरिक समाजका अगुवा मानबहादुर साँउद,जेसीज डडेल्धुराका पुर्ब अध्यक्ष टेकराज पाण्डेय,पत्रकार महासंघका सचिब पुष्कर भण्डारीले शुभकामना मनतब्य राख्नु भएको थियो ।

जेसीज सप्ताह अन्र्तगत उग्रतारा मेलामा दर्शनार्थीलाई निशुल्क खानेपानी बितरण,उग्रतारा मन्दिर परिसर सरसफाई,अनाथ बालबालिकालाई शैक्षिक सामग्री बितरण,स्लो बाईक रेस र आज खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गरेर भब्यताका साथ सप्ताह मनाईदै छ । भलिबल प्रतियोगितामा ८ वटा टिम दर्ता भएका छन । आज भएको पहिलो खेलमा अजयमेरु गाउपालिकाको टिमलाई पराजित गर्दे जिबिएल हार्डबेयरको टिम बिजयी भएको छ । भोली बिहान ११ बजेबाट खेल सुचारु हुने जेसीज डडेल्धुराका महासचिब रमेश प्रशाद भट्ट जानकारी दिनुभएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा अजयमेरु गाँउपालिका र समाजिक बिकास मन्त्रालय धनगढी रहेको छ । भलिबल प्रतियोगिताको प्रमथ पुरुष्कार ५५५५५। द्धितिय पुरुष्कार २५५२५ र तितृय पुरुष्कार १५५१५ रहेको जेसीज डडेल्धुराले जनाएको छ ।




