लक्ष्मी ऐर
डडेल्धुरा,मसिर १५ गते । डडेलधुराको आलिताल गाँउपालिका १ मेलखर्कमा सडक खण्डमा संचालनमा रहेको तरकारी पसलभित्र चरेश भेटिएकोछ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट गएको प्रहरी निरिक्षक डम्बर बिष्ट नेतृत्वको टोलीले आशंका गर्र्दे शनिबार दिउसो ३ ः १५ बजे पसलभित्र खोजतलास गर्दा लागुऔषध चरेश बरामत गरेको हो ।
डडेल्धुराबाट २० किलोमिटर टाढा रहेको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा रहेको बिबश तरकारी पसलबाट ११८ ग्राम कालो पर्दाथ चरेश भेटिएको प्रहरी निरिक्षक बिष्टले जानकारी दिनुभएको छ ।
गोप्य सुचनाको आधारमा आफुले उक्त पसल भित्र खोजतलास गर्दा कागज भित्र बेरेर राखिएको कालो पर्दाथ लागु औषध चरेशको तौल १२३ ग्राम थियो भने कागज हटाएर चरेशमात्रै तौलिदा ११८ ग्राम रहेको प्रहरी निरिक्षक बिष्टको भनाई थियो ।
तरकारी पसल संचालक ६३ बर्षिय अमरबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । तरकारी पसल भित्र यसरी चरेश बेचबिखन भईरहेको घटना भने नौलो होईन यस्ता घटना बारम्बार आईरहेका छन । सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा चरेशको खेती भएर चोरी छिपी भारतका बिभिन्न ठाँउहरुमा बेचबिखन गर्न डडेल्धुराका बिभिन्न क्षेत्रबाट पैठारी हुने गरिएको स्थानिय बताउछन ।





