सहकारी ठगीमा जो सुकै संलग्न हुन कारबाही हुन्छ ः पुर्ब मुख्य मन्त्री रावल
जनताको बचत रकम हिनामिना गर्ने सहकारी भित्रका भष्मासुर बाट असुल उपर गरि फिर्ता गराउन सरकार प्रतिबद्ध छ ।
लक्ष्मी ऐर
डडेल्धुरा,मसिर २० गते । सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब मुख्य मन्त्री एबम एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले सहकारी ठगीमा संलग्न जो सुकै भएपनि कानुनको दायरामा ल्याएर कारबाही हुने बताउनुभयो । श्री शुभलक्ष्मी साना किसान कृर्षि सहकारी संस्था लिमिटेड डडेल्धुराको शनिबार १० औं बार्षिक सधारण सभाको उद्घाटन गर्नुहुदै पुर्ब मुख्य मन्त्री रावलले सहकारी को उदेश्य र लक्ष्य भन्दा बाहिर गएर बचतकर्ताको रकम हिना मिना गर्ने जो सुकै पात्र हुन कानुनी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको रकम यथासिघ्र फिर्ता गर्न पहलकदमी रहने प्रतिबद्धता जनाउनु भयो ।
सहकारी जनताको सारथी हो र बैंकिङ क्षेत्र भन्दा पनि छिटो सेवा लिने दिने उदेश्य भएर सहकारी स्थापना भएका हुन तर पछिल्लो केही समययता देखि सहकारी क्षेत्र भित्र भ्रष्टहरुको हालीमुहाली बन्दै जाँदा सहकारीमा समस्या आएको स्विकार गर्नुहुदै यसलाई निरुपण गर्न सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा रावलको जोड थियो ।
नेकपा एमालेका पोलिटब्युरो सदश्य एबम सुदुरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता समेत रहनु भएका रावलले सहकारी पिडितहरुलाई मलमपटटी लगाउन सरकारले संसदीय छानबिन समिति मार्फत कारबाही अघि बढाएको र सहकारी ऐन परिमार्जन गर्दे बचतकर्ताको रकम फिर्ताको सुनिश्चितता गर्ने बाताबरण सिर्जना गरिरहेको र यसमा अझै पहलकदमीको आबश्यकता रहेको बताउनुभयो । सहकारी भित्र चोरी हुने क्रम बढीरहेको र बचतकर्ताको रकम खुलेयाम हिनामिना गर्दे फरार हुने अबस्थामा समेत राज्यका निकायहरु मुखदर्शक बन्ने कुरा स्विकार्य हुदैन सुक्ष्म तरिकाले अनुसन्धान गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सकृयता आबश्यक रहेको नेता रावलको भनाई थियो । सहकारी भित्र भईरहेको बदमासी र भ्रष्टाचारमा संलग्न नेता देखि कर्मचारी जो सुकै हुन सबै कानुनको दायरामा ल्याउन प्रशासनिक निकाय गम्भिरताका साथ लाग्न पुर्ब मुख्यमन्त्री रावलको निर्देशन थियो ।

आईतबार देखि एमाले केन्द्रीय कमिटिको बैठकमा सहभागी हुन पुर्ब मुख्य मन्त्री एंबम प्रदेश संसदीय दलका नेता रावल आजै राजधानी तर्फ जाने क्रममा उहाँले सहकारीका समस्याहरु र समाधान गर्नका लागी सम्माननिय प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने बिश्वास समेत दिलाउनु भएको छ ।
सहकारीको माध्यमबाट आम जनताको आर्थिक समृद्धी सगैं रोजगारी सिर्जना गर्ने उदेश्य हो तर सहकारी भित्रका केही भष्मासुरहरु सहकारी तहस नहस गर्ने बाटोमा अघि बढ्दा यस्तो परिणाम आएको रावलको भनाई थियो ।
श्री शुभ लक्ष्मी साना किसान सहकारी लिमिटेडले किसानहरुलाई आबद्धता गराएर सहकारीको मापदण्ड भित्र रहेर प्रशंसनीय काम गरेको बताउनुहुदै रावलले राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन र खराब काम गर्ने सहकारी माथी निर्मम छानबिन गरि कारबाहीको डण्डा चलाउन नसक्दा सहकारी भित्र समस्या आएको स्विकार गर्नुभयो ।
बार्षिक सधारण सभालाई सम्बोधन गर्नुहुदै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष मानबहादुर साँउदले सहकारी भित्र यति ठुलो बदमासी हुँदा सम्म राज्यका निकाय गम्भिर बन्न नसक्नु बिडम्बना भएको बताउनुभयो ।

राजनितिक दल र राज्यका निकायमा बस्ने उपल्लो तहकाहरु कर्मचारीहरु नै संरक्षण र संलग्नता छ तर कारबाही गर्ने निकाय गैर जिम्मेवार हुदाँको परिणाम सहकारी भित्रको बेथिती भएको साउदको टिप्पणी थियो । डडेल्धुराबाट ४२ करोड निक्षेप संकलन गरेर दुई बर्ष देखि फरार शिब शिखर बहुउदेश्यिय सहकारीले सुदुरपश्चिमबाट झण्डै तिन अरब रुपैया संकलन गरेर फरार छ खै त कारबाही भएको ? कहिले पाउछन बचतकर्ताहरुले आफ्नो बचत रकम पहल किन हुन सकेन मुख्यमन्त्री ज्यु कसले हो पहल गरिदिने भन्दै सहकारीका समस्याहरु उठाउनु भएको थियो । सहकारी पिडितका समस्या लिएर अधिकाँस प्रधानमन्त्री र पार्टीका नेताहरुलाई ज्ञापनपत्र बुझाएको स्मरण गराउनुहुदै पत्रकार महासंघका प्रदेश उपाध्यक्ष साँउदले सहकारी पिडितका समस्यालाई ध्यान नदिए बिकराल रुपको सिर्जना हुन सकेत समेत गर्नुभयो ।
डडेल्धुराको परशुराममा रहेको सहकारीमा चोरी भएको झण्डै ६ महिना पुग्न लाग्यो २७ लाख रुपैया नगद चोरी भयो छानबिन हुन सकीरहेको छैन,डडेल्धुराको तुफानडाडामा रहेको सहकारी भित्र कम्प्युटर उपकरण सहित नगद रुपैया चोरी भयो तर अहिले सम्म दोशी पत्ता लाग्न सकेको छैन ।

नत प्रहरी प्रशासन गम्भिर भएको देखियो नत सहकारी संचालकहरु नै गम्भिर छन यसको सुक्षम अनुसन्धान गरिएन भने सहकारीले मुलुकको अर्थतन्त्रमा प्रभाब पार्छ नै तर जनता सरकारका बिरुद्ध सडकमा उत्रिनु प¥यो भने राजनितिकदलहरुले जनताको बिश्वास गुमाउने दिन आउने साँउदले बताउनुभयो ।
शुभ लक्ष्मी साना किसान कृर्षि सहकारी संस्थाका अध्यक्ष बेदप्रकाश भटटको अध्यक्षतामा उद्घाटन भएको उक्त बार्षिक सधारण सभामा बचत संघका जिल्ला अध्यक्ष पदमा गुरुङ,नागरिक समाजका अध्यक्ष रमेश जोशी,डडेल्धुरा जेसीजका अध्यक्ष लक्ष्मी ऐर,कृर्षि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरु र उद्योग बाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दिपक महताले शुभकामना मनतब्य दिएका थिए भने कार्यक्रमको संचालन सहकारीका प्रबन्धक लोकेन्द्र ओझाले गर्नुभएको थियो । गत बर्ष २०८०÷०८१ मा ८ करोड ३९ लाख ७ हजार ९४ रुपैया निक्षेप संकलन गरेको शुभ लक्ष्मी साना किसान सहकारीले ६ करोड ५८ लाख २ सय २९ रुपैया सेयर सदश्यलाई रिण लगानी गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । यस सहकारीमा २२१७ जना सेयर सदश्य रहेका छन भने मुख्य तया किसान समुह र किसान लक्षित ब्यक्तिहरु संग सहकारीका माध्यमबाट काम गरिरहेको डडेल्धुराको एक मात्रै सहकारी रहेको प्रबन्धक ओझाले जानकारी गराउनु भएको छ ।

