लक्ष्मी ऐर
डडेल्धुरा,माघ ५ गते । नेपाल प्रेश चौतारी डडेल्धुराको पाँचौं जिल्ला अधिबेशन यही माघ ९ गते हुने भएको छ ।
प्रेस चौतारी डडेल्धुराका जिल्ला अध्यक्ष लोकेन्द्र ओझाको अध्यक्षता र चौतारीका केन्द्रीय सदश्य एबम जिल्ला इन्चार्ज मानबहादुर साँउदको प्रमुख आथित्यतामा सम्पन्न बैठकले अधिबेशनको मिति तय गरेको हो । बैठकले पाँचौं जिल्ला अधिबेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी अध्यक्ष ओझाको नेतृत्वमा २५ सदश्यिय मुल आयोजक कमिटि गठन गरिएको छ ।
अधिबेशनलाई सफल तुल्याउन बिभिन्न उपसमिति गठन गर्दे सदश्यता नबिकरण र नयाँ सदश्यतालाई अनुमोदन गर्दे माघ ८ गते भित्र अनिवार्य रुपमा नबिकरण शुल्क बुझाउन समेत बैठकले आग्रह गरेको छ । बैठकले प्रेश चौतारी नेपालमा आबद्ध हुनका लागी कृयाशिल संचारकर्मीहरुलाई आह्वान समेत गरेको छ ।
खुल्ला छलफल संम्बाद र समन्वयका लागी जिल्ला अध्यक्ष ओझा र जिल्ला इन्चार्ज साँउदलाई बैठकले जिम्मेवारी दिईएको छ । अधिबेशनको उद्घाटन प्रेश चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुहुने कार्यक्रम रहेको जनाएको छ । प्रेश चौतारीले यही माघ २५ गते भित्र जिल्ला अधिबेशन फागुन ७ गते प्रदेश अधिबेशन र फागुन २५ देखि २७ गते सम्म केन्द्रीय महाधिबेशन गर्ने निर्णय गरिसकेको छ ।



