Amargadhi Post

यात्रुहरु माथी भएको समस्यामा पुर्ब मुख्यमन्त्री रावलको चासो

लोकेन्द्र ओझा
डडेल्धुरा,माघ १२ गते । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले कानुन विपरीत चलेका बोलेरो गाडीहरूको सिट हटाउन निर्देशन गरे छि मारमा परेका यात्रुहरुका सवालमा पुर्ब मुख्य मन्त्री राजेन्द्र सिह रावलले चासो लिएका छन ।
डडेल्धुरा जेसीजको पदस्थापना कार्यक्रमका लागी शुक्रबार डडेल्धुरा आई पुग्नुभएका सुदुरपश्चिम प्रदेशका पुर्ब मुख्यमन्त्री रावलले डडेल्धुरा स्थित सुरक्षा निकायका प्रमुखहरु संगको भेटघाटमा चासो ब्यक्त गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा आयोजित भेटघाट कार्यक्रममा पुर्ब मुख्यमन्त्री रावलले सुदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआई गणेश चन्दलाई टेलीफोन सम्बाद गर्दे यात्रु र सवारी धनीका समस्याकाको कानुनी र ब्यबहारिक हेरेर समाधान खोजेर सहजता बनाउन आग्रह गर्नुभएको थियो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहनुभएका नेता रावलले जनताको समस्याभन्दा ठूलो कानुन नभएकाले कानुन समेत संशोधन गरेरभएपनि यात्रु र ब्यबसायीहरुलाई मर्का पर्ने गरि अघि नबढ्न समेत आग्रह गर्नुभयो ।
टेलिफोन संवादको क्रममा पुर्ब मुख्यमन्त्री रावलसँग कुरा गर्दै प्रदेश प्रहरी प्रमुख चन्दले आफूले नै प्रत्यक्ष रुपमा कानुन विपरीत गाडीहरूमा यात्रुहरूको चाप बढी देखेकोले तत्काल त्यसको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएकाले कानुनी ब्यबस्था अनुसार अघि बढ्नुको बिकल्प नभएको र सहजताका लागी प्रयास भईरहेको समेत बताउनुभयो । रावलले भन्नुभयो यहाँका जनताहरुले धेरै शास्ती र चर्को भाडा तिर्नु परिरहेको पिडा छ कसरी सहजता बनाउन सकिन्छ प्रयास गर्नुपर्ने अबस्था रहेको औल्याउनु भयो ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूका यातायात व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन । उनीहरूले पनि जिल्ला प्रशासन कार्यालयमा विभिन्न चरणमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गरिरहेका छन । कानुनी रूपमा पाँच सिट पास भएका बोलेरो गाडीहरूले १२ जनासम्म बोक्न सक्ने गरी सिट व्यवस्थापन गरेको थियो । एकातिर कानुनी रूपमा पाँच सिटपास गाडीहरू बजारमा गुडिरहेका छन् भने अर्कोतिर सोही गाडीहरु १२ जनासम्म बोक्न सक्ने क्षमता भएको देखिन्छ । दिनहुँ कच्ची सडकमा गुड्ने बोलेरो गाडी सिट हटाएपछि यात्रुहरूले भने चर्को भाँडा तिर्नु परेको छ ।
छलफलको क्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जिल्लाको बिकास निर्माण,अपराधिक घटनाक्रममा सुरक्षा सयन्त्रको अबस्था लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । यातायातको समस्या देखि दरबन्दी अनुसारको कर्मचारी अभाब लगायतका समस्या रहेको भन्दै पहलका लागी पुर्ब मुख्यमन्त्री रावललाई प्रमुख जिल्ला अधिकारी न्यौपानेले आग्रह गर्नुभएको थियो ।
जिल्ला स्थित सरोकारवाला निकायहरूसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दे बिकास निर्माणमा भईरहेको ढिलासुस्ती र अपराधिक घटना न्युनिकरण गर्नका लागी जनशक्ति उपलब्धता हुनुपर्नेमा जोड दिईएको थियो ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले कानुनभन्दा पनि अलि व्यावहारिक रुपमा हेरिएको तर यात्रुहरूको चाप र हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर यसको व्यवस्थापन गर्न निकै चुनौता देखिएको औल्याउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।