Amargadhi Post

डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई दुई लाख राहत

लक्ष्मी ऐर 
डडेल्धुरा,माघ १९ गते । डडेल्धुरामा चट्याङ लागेर मृत्यु भएका परिवारलाई नगद राहत वितरण गरिएको छ ।
जिल्लाको परशुराम नगरपालिका–१० मा चट्याङ लागेर मृत्यु भएका अमरबहादुर बिष्टकी श्रीमतीलाई नगद २ लाख राहत प्रदान गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले मृतक अमरबहादुर विष्टकी श्रीमती पार्वती देवी बिष्टलाई चेक हस्तान्तरण गरेका हुन । जिल्ला विपद् व्यवस्थापन समितिले विपदमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख राहत रकम वितरण गरेको छ । गएको भदौ १६ गते चट्याङ लागेर बिष्टको मृत्यु भएको थियो । परशुराम नगरपालिकाको कार्यकक्षमै पुगेर प्रमुख जिल्ला अधिकारी न्यौपानेले मृतक बिष्टकी श्रीमती पार्बतीको हातमा चेक उपलब्ध गराएको हो । कार्यक्तममा परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडाएर जोशीले मृतक प्रति भाबपुर्ण श्रदाञ्जली अर्पण गर्दे पिडितजनले राहत प्राप्त गरेकोमा धन्यबाद दिएका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।