लक्ष्मी ऐर
डडेल्धुरा,माघ २१ गते । नेकपा एमाले डडेल्धुराले शनिबार सम्पन्न गरेको जिल्ला कमिटि बैठकले जरा अभियानलाई प्रभाबकारी बनाउने निर्णय गरेको छ ।
नेकपा एमाले केन्द्रीय सकुर्लर अनुरुप तिन महिने जरा अभियान थाल्ने निर्णय बमोजिम डडेल्धुरा पार्टीले उक्त निर्णयको स्वागत गर्दे जरा अभियानलाई प्रभाबकारी बनाउन सबै नेता कार्यकर्ताहरु लाग्नुपर्ने निष्कर्ष निकालेको हो ।
नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमाले केन्द्रीय सचिब तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
नेकपा एमालेको हालै सम्पन्न भएको केन्द्रीय समितिको बैठकले देशभर पार्टी संगठन सुदृढीकरण अभियान अन्र्तगत टोल तथा बस्ती सम्म पुग्ने गरी जरा अभियानको थालनी गर्ने निर्णय गरेपछि जिल्ला जिल्लामा यो अभियान प्राथमिकतामा परेको छ । पार्टीको चौथो पूर्ण बैठकले जरा अभियान सञ्चालन गर्ने निर्णय गरेअनुसार जिल्लास्थित पार्टीका नेता–कार्यकर्तालाई एमाले सुदूरपश्चिम इन्चार्ज भट्ट, पार्टीका केन्द्रीय कमिटी सदस्य तथा डडेल्धुरा इन्चार्ज पठानसिंह बोहरा, प्रदेश कमिटी सचिव रणबहादुर चन्दले अभियान केन्द्रित प्रशिक्षण दिएका थिए।
नेकपा एमाले डडेल्धुराले सात स्थानिय तह रहेको डडेल्धुरामा ५२ वटा वडा तह र टोल बस्ती सम्म पुग्ने गरि अभियान थालनी हुने जनाएको छ । जरा कार्यक्रमको प्रभाबकारी बनाउन पालिका कमिटि र वडा कमिटिका भेला गरेर अभियानको थालनी गरिने एमाले प्रचार बिभाग प्रमुख सुन्दर जैरुले जानकारी दिनुभएको छ । जिल्लाको भित्री मधेस अन्तर्गत आलितालमा नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गरेको छ भने अभियान आगामी १५ वैशाख सम्म सकिने छ। जिल्ला कमिटिको दुई दिने बैठक भनिएको भएपनि एकै दिनमा बैठक सम्पन्न गरिएको थियो ।
