अमरगढी पोष्ट समाचार
डडेल्धुरा, माघ २१ । डडेल्धुरामा रहेका शैक्षिक संस्थाहरूले पनि आज सरस्वती पूजा गरेका छन । जिल्लास्थित आइन्स्टाइन पव्लिक स्कुल, माउन्टेन मावि, क्याम्व्रीज पव्लिक स्कुल, महेन्द्र माद्यमिक विद्यालय लगायत अन्य विद्यालयहरुले विभिन्न कार्यक्रम गरी सरस्वती पूजा गरेका हुन ।
विद्यालयहरूले विद्यालयमै सरस्वतीको फोटो तथा प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुका साथै विभिन्न साङ्गीतिक कार्यक्रम पनि आयोजना गरेका आइन्स्टाइन पव्लिक स्कुलका प्रधानाध्यापक राम प्रसाद अवस्थीले बताउनुभयो । सरस्वती पूजा कार्यक्रममा अभिभावकहरूको पनि सहभागिता रहेको थियो ।
