लक्ष्मी ऐर
डडेल्धुरा,माघ २२ गते । प्रेश चौतारी नेपाल डडेल्धुराले आफ्नो २७ औं स्थापना दिवस भब्यताका साथ मनाएको छ ।
संचार सम्बद्ध संघ संगठन, एमाले संग आबद्ध जनसंगठन र पेशागत संगठनहरु र पार्टी नेताहरुका बिचमा संगठन सुद्धीढिकरण र पेशागत दक्षता अभिबृद्धी गर्ने उदेश्य सहित अन्र्तसंम्बाद कार्यक्रम मार्फत स्थापना दिवस मनाईएको छ ।
प्रेश चौतारीका जिल्ला अध्यक्ष लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा सम्पन्न अन्र्तसंम्बाद कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सचिबालय सदश्य एबम संबिधान सभा सदश्य ज्ञानु गैरेले स्थापना दिवसको कार्यक्रमलाई उद्घाटन गर्नुभएको थियो ।
अन्र्तसंम्बाद कार्यक्रमलाई संम्बोधन गनुहुदै पत्रकारहरुको नेतृत्वदायी भुमिका निर्बाह गर्न अब्बल संस्थाका रुपमा प्रेश चौतारी रहेको र यसमा आबद्ध सबै पत्रकारहरुलाई हार्दिक बद्याई तथा धन्यबाद ब्यक्त गर्नुभयो ।
श्रमजिबी पत्रकारहरुका समस्या र चुनौतीहरु छन यसमा पार्टीले सहयोग गर्नुपर्छ नेत्री गैरेले भनिन— सरकारले गरेका राम्रा कामहरुका बिषयमा प्रचार गर्ने गलतका बिरुद्धमा खबरदारी गर्न समेत आग्रह गरिन । पार्टी र जनसंगठनका बिचमा समन्वय हुनु अति जरुरी छ नेत्री गैरेले भन्नुभयो— पार्टी मस्तिष्क हो भने जनसंगठन शरिरका बिभिन्न अगं हुन मिलेर जान सक्नुपर्छ । कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदश्य यज्ञराज अबस्थीले पार्टी र जनसंगठनका बिचमा सुमधुर सम्बन्ध हुन नसके पार्टी संगठनका कामकारबाही अघि बढ्न नसक्ने बताउनुभयो । प्रेश चौतारीको स्थापना दिवसको शुभकामना दिदै नेता अबस्थीले पत्रकारीता पेशालाई जनमैत्री बनाउन सक्नु अहिलेको आबश्यकता रहेको बताउनुभयो ।
प्रेश चौतारीका केन्द्रीय सदश्य तथा डडेल्धुरा इन्चार्ज मानबहादुर साँउदले जनबर्गिय संगठनलाई कृयाशिल बनाउन पार्टीको समन्वकारी भुमिका हुनुपर्नेमा जोड दिनुभयो । पार्टी नेतृत्व अभिभाबक हो तर अभिभाबकत्व दिन सक्यो की सकेन यो बिषयमा समिक्षा आबश्यक हुन्छ साँउदले भने पत्रकारीता क्षेत्रको अब्बल संस्थाका रुपमा चौतारी रहेकाले सबैसंग समन्वय सहकार्य आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदश्य शान्ति भट्ट,एमाले अध्यक्ष गजेन्द्र शाही,जनसंगठन प्रमुख इन्द्र महरा,प्रचार बिभाग प्रमुख सुन्दर जैरु,प्रेश चौतारीका निबर्तमान अध्यक्ष लोकेन्द्र ओझा पत्रकार महासंघका निबर्तमान उपाध्यक्ष गणेश रोक्का र अनेरास्वबियुका जिल्ला अध्यक्ष गणेश क्षेत्री लगायतले स्थापना दिवसको अबसरमा शुभकामना मनतब्य दिएका थिए ।
नेकपा एमालेले देशभर जरा अभियान कार्यक्रम संचालनमा ल्याएकोले यसलाई प्रभाबकारी बनाउन सबैले आ आफ्नो जिम्मेवारी निर्बाह गर्नुपर्नेमा जोड दिएका छन । यसैगरी प्रेश चौतारीकी जिल्ला सचिब माधबी भट्टले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
