लक्ष्मी ऐर
डडेल्धुरा,माघ २४ गते । डडेल्धुरामा बोलेरो जिपको ठक्करबाट एकजना शिक्षक घाईते भएका छन ।
म.१ च.४२९ नम्बरको बोलेरो जिपले मोटरसाईकल चालक टेकराज पनेरु घाईते भएका छन । डडेल्धुरा शिक्षा क्याम्पसमा अध्यापन गराईरहेका शिक्षक पनेरुको जिपको ठक्करबाट निधार,खुट्टा र ओठमा चोट लागेको छ ।
डडेल्धुरा सदरमुकाम नजिकै चालिसे मोडमा बोलेरो जिपले सु.प.प्र.०१०११ प४९४७ को मोटरबाईक सवार घाईते पनेरु घाईते भएका हुन । अहिले उनको उपचार धनगढी स्थित निसर्ग अस्पतालमा भईरहेको छ । सवारी चालक केशब लामा फरार रहेको र खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभएको छ ।
उक्त बोलेरो जिप अमरगढी ५ बागबजारका आकाश गुरुङको रहेको उक्त सवारी प्रहरीको नियन्त्ररणमा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
