Amargadhi Post

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक, २०८० पारित

बालिका मादेन
काठमाडौँ,माघ,२८ गते । राष्ट्रिय सभाको आजको बैठकले मिडिया काउन्सिल विधेयक २०८० पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० लाई पारित गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधायन सम्बन्धी विधेयक २०८० सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुभयो । यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसदहरुले संविधान अन्तर्गत नै सरकारले अध्यादेश जारी गरेको भन्दै नकारात्मक टिप्पणी गर्नुभन्दा अध्यादेशको अध्ययन गरी त्रुटि भएका दफालाई सुधार तथा संशोधन गर्नेतर्फ ध्यान दिनु पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै ग्यास उद्योगीहरू आन्दोलित भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुहुँदै सांसदहरुले उपभोक्ताका अधिकार सुनिश्चित गर्न, ग्यास दुर्घटना रोक्न तथा सुरक्षा सम्बन्धी विषयमा नियमन गर्न आवश्यक रहेको, जीर्ण बनेका सडकखण्ड पुनर्निर्माण हुन नसक्दा दुर्घटना बढिरहेकोले चाडै निर्माणकार्य सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आइतबार १ः१५ बजे बस्नेछ । राष्ट्रियसभा बैठक काठमाडौँ, २८ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संबसद् भवनमा सोमबार बसेको राष्ट्रिय सभाको बैठक ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।