Amargadhi Post

डडेल्धुराका राप्रपा नेता जोशी मृत भेटिए

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराका नेता काली प्रशाद जोशी मृत भेटिएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ०५ निवासी जोशी फागुन १ गते डडेल्धुरा सदरमुकामबाट बेपत्ता भएका थिए ।
बेपत्ता जोशीको खोजतलास गर्दा आज शनिबार दिउसो अमरगढी नगरपालिका २ कुस्माली नजिकै मृत अबस्थामा फेला परेका छन । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीै नेपालका केन्द्रीय सदश्य तथा पुर्ब जिल्ला समन्वय समिति प्रमुख समेत हुन । मृत जोशी उद्योग बाणिज्य संघ डडेल्धुराका पुर्ब अध्यक्ष समेत हुन भने उनका ३ छोरा एक श्रीमती छन । घटनाका बिषयमा प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।