Amargadhi Post

डडेल्धुराको परशुरामबाट सुरु हुने भयो जरा अभियान

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन, ३ गते । डडेल्धुराको परशुराम नगरपालिकाबाट यही फागुन ७ गतेबाट जरा अभियान सुरु हुने भएको छ ।
नेकपा एमाले परशुराम नगर कमिटिको छैटौं पुर्ण बैठकबाट शनिबार सम्पन्न भएको बृहत नगरभेलाले प्रजातन्त्र दिवसको अबसरमा जरा अभियान कार्यक्रम संचालन गरिने भएको हो । नेकपा एमाले डडेल्धुराको चौथो जिल्ला कमिटिको पुर्ण बैठकबाट जिल्ला भरी जरा अभियानलाई प्रभाबकारी बनाउने निर्णय गरेपछि परशुराम नगरकमिटि डडेल्धुराले यही फागुन ७ गतेबाट अभियानको सुरुवात हुने भएको छ ।
परशुराम नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीको अध्यक्षतामा भएको बैठक तथा अभिमुखीकरण कार्यक्रमको प्रमुख आथिती नेकपा एमाले केन्द्रीय सदश्य तथा डडेल्धुरा इन्चार्ज पठानसिह बोहरा रहनु भएको थियो । नगरभेलामा सहभागी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै एमाले केन्द्रीय सदश्य बोहराले जरा अभियान कार्यक्रमलाई बस्ती सम्म पुयाउन कार्य योजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।


परशुराम नगरका १२ वटा वडाहरुमा जरा अभियानमा बस्ती भेटघाट,टोल अधिबेशन र संगठन सुद्धिढीकरण अभियानलाई प्रभाबकारी बनाउन नगर कमिटिलाई केन्द्रीय सदश्य बोहराले निर्देशन गर्नुभएको छ । डडेल्धुराका सात स्थानिय तह र ५२ वटै वडामा तिन महिने कार्यक्रम लिएर एमाले नेता कार्यकर्ताहरु बस्ती सम्म पुग्ने गरि कार्यक्रम तय गरिएको एमाले नेता बोहराले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले जरा अभियान कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दे अभियानलाई उपलब्धीमुलक बनाउने गरि अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गनुभयो । एमालेले देशभर तिन महिने जरा अभियान थालनी गर्ने निर्णय गरेपछि अहिले एमाले डडेल्धुराले कार्यक्रमलाई प्रभाबकारी बनाउन पालिका भेलाहरु धमाधम गरि कार्ययोजना अनुरुप अघि बढीरहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सचिबालय सदश्य गजेन्द्र शाही,एमाले प्रदेश कमिटि सदश्य तथा परशुराम नगर इन्चार्ज हरी प्रशाद भट्ट र एमाले जिल्ला कमिटि सचिबालय सदश्य देबुवा धामीले अभिमुखीकरणमा प्रशिक्षणात्मक मनतब्य दिनुभएको थियो ।
जरा अभियानलाई सार्थक र परिणाममुखी बनाउने गरि कार्ययोजना निर्माण गरि भेला सम्पन्न भएको छ । जरा अभियानलाई लिएर फागुन ७ का दिन परशुरामको वडा नं.१, ५ र ९ नम्बर वडा अभिमुखीकरण कार्यक्रम गर्ने गरि कार्यक्रम तय गरिएको नगर अध्यक्ष जोशीले जानकारी दिनुभएको छ । परशुराम नगरमा तिनवटा टोली बनाएर जरा अभियानलाई बस्ती बस्ती सम्म पुग्ने गरि जिम्मेवारी बाँडफाँड गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।