Amargadhi Post

डडेल्धुराको परशुराममा पुर्ब गृहमन्त्री श्रेष्ठ आउदै

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, ३ गते । नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा पुर्ब गृहमन्त्री नारायणकाजी श्रेष्ठ डडेल्धुराको भित्रीमद्येश परशुराममा शनिबार आउदै हुनुहुन्छ ।
परशुराम नगरपालिका वडा नं.४ मा रहेको श्री भागेश्वर मा.बि कटालको ५० औं स्वर्णजयन्ती कार्यक्रमको उद्घाटन गर्न श्रेष्ठ आईपुग्नु हुने कार्यक्रम रहेको छ ।
हरेक बर्ष उक्त बिद्यालयले स्वर्णजयन्ती मनाउने क्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम,बिभिन्न बिद्याका खेलकुद,कृर्षि प्रर्दशनी लगायतको कार्यक्रम गरि भब्यताका साथ बार्षिक उत्सब मनाउन लागेको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेरसिह माल (डायमण्ड) अगुवाईमा हुन लागेको उक्त स्वर्णजयन्ती कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न पुर्ब गृहमन्त्री एबम माओबादी केन्द्रका नेता श्रेष्ठलाई निम्ता दिईएको जनाएको छ ।
स्वर्णजयन्तीका अबसरमा बिभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागीता रहने उक्त कार्यक्रममा खुल्ला पुरुष भलिबल प्रतियोगिताको रासी तिन लाख राखिएको छ । प्रथम टिमलाई ३ लाख,द्धितियलाई १ लाख ५० हजार र तितृयलाई ७५ हजार पुरुष्कार,मेडल,प्रमाणपत्र उपलब्ध गराईने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।