Amargadhi Post

समाज रुपान्तरणमा शिक्षा महत्वपुर्ण ः पुर्ब गृहमन्त्री श्रेष्ठ

मानबहादुर साँउद
डडेल्धुरा,फागुन, ४ गते । नेकपा माओबादी केन्द्रका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा पुर्ब गृहमन्त्री नारायणकाजी श्रेष्ठले समाज रुपान्तरणमा शिक्षा महत्वपुर्ण भएको बताउनु भएको छ । श्री भागेश्वर माध्यमिक बिद्यालय कटालको ५० औं स्वर्णजयन्ती कार्यक्रमको आज आईतबार उद्घाटन गर्नुहुदै श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
शिक्षाको गुणस्तरमा अभिबृद्धी गर्नु अहिलेको मुख्य चुनौती रहेको भन्दै पुर्ब गृहमन्त्री श्रेष्ठले समायानुकुल,प्रगतिशिल र प्राबिधिक शिक्षा प्रणाली लागु गर्न सकिएमा मुलुकको आर्थिक समाजिक रुपान्तरण हुने बताउनुभयो ।
शिक्षामा आमुल परिबर्तन अहिलेको आबश्यकता हो पुर्ब उपप्रधामन्त्री समेत रहनु भएका नेता श्रेष्ठले शिक्षकहरुले बिद्यार्थिको पढाईमा गुणस्तर ल्याउन निकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफ्नो संसद बिकास रकम समेत यसै बिद्यालयको भबन निर्माणका पठाउन पाउदा निकै उत्साहित भएको भन्दै उहाँले बालबालिकाको भबिश्य नै मुलुकको भबिश्य संग जोडिएकोले सबैले प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।


शिक्षामा गुणात्मक बजेट बिनियोजन गरेर शिक्षा प्रणालीलाई संस्थागत गर्दै बिश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने प्रणालीको बिकास गर्नु अति जरुरी रहेको बताउनुभयो । मुलुकको शुसासन र समृद्धी ल्याउन भ्रष्टाचारीमाथी कारबाही गर्ने अभिभारा मुलुकको काँधमा आएको भन्दै सबै दलहरुको साँझा ऐजेण्डाका रुपमा अघि बढाउन आबश्यक रहेको बताउनुभयो ।
संबिधानको पुर्ण कार्यान्वयन हुन नसक्दा मुलुकको अर्थतन्त्र र शुशासन कमजोर बनीरहेको चर्चा गर्दे श्रेष्ठले मुलुकको बृहत्तर हितका लागी सबै दलहरु एक ठाउमा उभिनुपर्नेमा जोड दिनुभयो । बैज्ञानिक शिक्षा प्रणाली अबलम्बन गरेर राष्ट्रप्रति बफादार,स्वाभिमान र मान्छे बनाउने खालको शिक्षा प्रणालीको आबश्यकता महसुस गरिएको बताउनुभयो । बर्तमान सरकारले अध्यादेश ल्याएर प्रतिगमनको बाटो रोज्नु दुर्भाग्य रहेको भन्दै उहाँले मुलुकको आर्थिक,समाजिक र राजनैतिक रुपान्तरणमा मुख्यदलहरु एक ठाँउमा उभिनुको बिकल्प नरहेको बताउनुभयो ।

 भागेश्वर बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेरसिह मालको अध्यक्षतामा भएको ५० औं स्वर्णजयन्तीको भब्य उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदश्य तथा सदुरपश्चिम प्रदेशका पुर्ब भौतिक पुर्बाधार मन्त्री पठानसिह बोहरा,नेकपा माओबादी केन्द्रका सुदुरपश्चिम प्रदेश सदश्य खगराज भटट,सुदुर पश्चिम प्रदेशका स्वतन्त्र सांसद डा.तारा प्रशाद जोशी,परशुराम नगरपालिका नगर प्रमुख भरत बडाएर जोशी,पुर्ब जिबिस सभापती गजेन्द्र शाही,रघुबर भट्ट नेपाली काग्रेसका जिल्ला सभापती भीमबहादुर साउद,माओबादी केन्द्रका केन्द्रीय सदश्य भरत धानुक (पुकार) नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाही लगायतका बक्ताहरुले शुभकामना मनतब्य सहित बिद्यालयको सर्बागिण बिकासका लागी ५० औं स्वर्णजयन्ती सफल हुने कुरामा जोड दिनुभएको छ ।

 स्वर्णजयन्तीको अबसरमा भागेश्वर माध्यमिक बिद्यालयले ठुलो धनरासीको खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । भलिबलको पहिलो पुरुष्कारको रासी ३ लाख राखिएको छ भने दोश्रो पुरुष्कार १ लाख ५० हजार र तेश्रो पुरुष्कार ७५ हजार रहेको जनाएको छ । यसैगरी राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती समेत गरिने कार्यक्रम रहेको छ । स्वर्णजयन्तीको अबसरमा बिद्यालयलाई सहयोग पुयाउने दाताहरु र बिद्यालयबाट जेहेन्दार र उत्कृष्ट बिद्यार्थिलाई समेत सम्मान गर्ने कार्यक्रम समेत रहेको बिद्यालयले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।