Amargadhi Post

एघार महिना बित्दा सम्म पनि सहकारीमा भएको चोरी पत्ता लागेन ?

प्रहरी अनुसन्धान फितलो भएको स्थानीयको आरोप

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन, ६ गते । एघार महिना अघि डडेल्धुराको परशुराम नगरपालिका भित्र रहेको एक सहकारीमा भएको चोरीको घटना अझै पत्ता लाग्न सकेको छैन ।
सहकारी कार्यालय भित्र तोडफोड गरि सेभ भोल्टमा राखिएको झण्डै ११ लाख १३ हजार ४९६ रुपैया नगद चोरी भएको झण्डै ११ महिना बित्नै लाग्दा सम्म पनि पत्ता नलाग्नु दुःखद बिषय हो ।
श्री शिर्ष साना किसान कृर्षि सहकारी संस्था लिमिटेड परुशराम नपा वडा नं.४ मा रहेको उक्त कार्यालयको पछाडीपटटीको झ्याल फोडेर अज्ञात ब्यक्तिहरुबाट चोरी भएको सिसिटीभि फुटेजबाट प्रष्ट देखिएको छ । २०८० साल फागुन २३ र २४ गते शुक्रबार र शनिबार भयो त्यही समयमा चोरी भएको छ र २५ गते आईतबार बिहान १० बजे कार्यालय खुलेपछि चोरी भएको देखियो सहकारीका अध्यक्ष बिरेन्द्र बिष्टको भनाई छ ।
घटनालगत्तै इलाका प्रहरी कार्यालयलाई जानकारी गराऔं र उहाँहरुले घटनास्थल पुगेर मुजुल्का उठाउदै सिसिटिभी फुटेज समेतको डिभाईस नियन्त्ररणमा लिएर फर्कनुभयो अध्यक्ष बिष्टले भने—कर्मचारी र संचालकहरुबाट पटक पटक बयान लिनुभयो,सोधपुछ गर्नुभयो तर पनि चोर पत्ता लाग्न सकेको छैन स्थानीयको आक्रोश र पिडा आफुहरुले खेप्नु परिरहेको छ ।


२०८० फागुन २५ गते इलाका प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गरियो र घटनाको अनुसन्धान भईरहेको भन्ने आश्वासन मात्रै आउन थालेपछि स्थानीयहरु निकै आक्रोशित बनीरहेका छन अध्यक्ष बिष्टले भने— प्रहरी प्रशासनको अनुसन्धानमा भईरहेको ढिलाईका कारण बिभिन्न टिकाटिप्पणी र जनबिश्वास गुम्दै गएको छ । इलाका प्रहरी कार्यालयको छानबिन प्रक्रिया सुस्तगतीमा अघि बढेपछि स्थानियले दबाब सिर्जना गर्न परशुराम नगरपालिका वडा नं.४ का वडा अध्यक्ष बिश्रामसिह बोहराको नेतृत्वमा संर्घष समिति समेत गठन गरेको छ । घटनाको सत्य तथ्य छानबिन र दोशीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईएको थियो । जिल्ला प्रहरी कार्यालयले कानुनी ढाँचामा जाहेरी दिन भनेपछि कानुन ब्याबसायीसंगको परामर्सबाट जोहरी लेखेर लग्यौं प्रहरी कार्यालय डडेल्धुराले दर्ता गर्न मानेन सहकारीका अध्यक्ष बिष्टले संचारकर्मीसंग गुनासो गर्नुभयो ।


संर्घष समितिका संयोजक बोहराको नेतृत्वमा संचालक समितिका अध्यक्ष बिरेन्द्र बिष्ट प्रबन्धक हरिप्रशाद भटट र लेखा सुपरिबेक्षण समिति संयोजक शंकरदत्त जोशी नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा २०८१ माघ २५ गते उजुरी दर्ता गराएको भनिएपनि दर्ता नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक उपेन्द्र बमले जानकारी दिनुभयो ।
कानुनी ढाँचामा जाहेरी दर्ता गराउनुहोस भनेर भनिएको हो तर उहाँहरुले जाहेरी लिएर आउछौं भनेका छन प्रहरी निरिक्षक बमले भन्नुभयो— अनुसन्धान भईरहेको छ तर ढिलाई भएको जस्तो यहाँहरुलाई लाग्न सक्छ छानबिन हुन्छ । यस बिषयमा नेकपा एमालेका नेता एबम पुर्ब भौतिक पुर्बाधार मन्त्री पठानसिह बोहराले एउटा सहकारीमा चोरी भएको झण्डै ११ महिना बित्न लाग्दा समेत प्रहरीले चोरीमा संलग्नहरु लाई किन सार्बजनिक गर्न सकेन आश्चार्यचकित छु ।


घटनालगत्तै इलाका प्रहरीमा मौखिक र लिखित दुबै उजुरी छन अनि प्रहरीले जाहेरीका नाममा अनुसन्धान प्रक्रियामा ढिलाई गर्न मिल्छ,चोर पत्ता लाग्न कति समय चाहिन्छ नेता बोहराले भने— सिसीटिभी फुटेजहरु भेटिएका छन ब्यक्तिहरुको पहिचान हुन नसकेकोे मात्रै त हो दुई जना देखिएका छन अनि सुक्ष्म ढंगले प्रहरीको अनुसन्धान भएको भए अहिले सम्म चोरीमा संलग्न ब्यक्तिहरु पक्राउ परिसक्ने थिए । घटनालाई गिजोल्न र चोर पत्ता लाग्न नदिने खेलखण्डमा कोही लाग्न हुन्न निर्दाैश फस्नु हुन्न र दोशी उम्कनु हुन्न भन्ने हाम्रो मान्यता हो र प्रहरीको अनुसन्धान कार्यलाई सबैले सहयोग गर्नुपर्छ ? किन अनुसन्धान कार्यमा ढिलाई भएको हो ? यो बिषय भने गम्भिर छ स्थानीयबासी समेत रहेका पुर्बमन्त्री बोहराले भन्नुभयो ।
डडेल्धुराको अमरगढी नगरपालिका ५ तुफाँनडाडा चोकमा पनि रहेको अमरगढी सुन्दरबचत सहकारीमा ल्यापटप सहित २६ हजार नगद चोरी भयो अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । यो सहकारी पछि डडेल्धुरा सदरमुकामकै सहकारीमा चोरी भयो प्रहरीले अहिले सम्म अनुसन्धान भईरहेको भन्ने प्रतिकृया बाहेक केही आउन सकेको छैन यो कस्तो अनुसन्धान हो जनजनको प्रश्न छ ।


सहकारी भित्र भएका चोरीहरुमा प्रहरीको अनुसन्धान कार्य निकै फितलो भईरहेको छ बरिष्ठ पत्रकार मानबहादुर साँउदले भन्नुभयो — सहकारीमा भएको चोरीमा ११ महिना बित्दा समेत अनुसन्धानको नजिक सम्म पुग्न नसक्नु असक्षमताको पराकाष्ठ हो । डडेल्धुरामा रहेका दुई सहकारी अमरगढी सुन्दर बचत सहकारी र परशुरामको शिर्ष साना किसान सहकारीमा भएको तोडफोडपछिको चोरी घटनाले चोर पत्ता लाग्न नसक्नु प्रहरी प्रशासनको चरम लार्पवाही देखिन्छ साँउदले भन्नुभयो— डडेल्धुरा सदरमुकाममा रहेको अर्काै घटना शिब शिखर सहकारीले ४० करोड रुपैया सर्बसधारणको निक्षेप संकलन गरेर दुई बर्ष देखि फरार छ तर प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको छ तर सम्बन्धित ब्यक्तिहरुलाई पक्राउ गर्न समेत सकेको छैन । सहकारीमाथी राज्य प्रशासनको हेर्ने दिष्टीकोण किन बिभेद छ कसको निर्देशन र निगरानीमा प्रहरी प्रशासनले अनुसन्धान कार्य गईरहेको छ भन्ने प्रश्न सोजीन थालेको छ ।


२०६६ सालमा स्थापना भएको उक्त कृषि सहकारीमा कुल निक्षेप १४ करोड ४५ लाख बचत रहेको छ भने ११ करोड ७७ लाख १२ हजार ७४९ रकम समुहमा रिण लगानी गरिएको सहकारीका प्रबन्धक हरिश प्रशाद भट्टले जानकारी दिनुभयो । परशुराम नगरपालिका सेवा क्षेत्रलाई आधार बनाएर संचाललमा ल्याएको यो सहकारीले परशुराम नगरपालिकाका वडा नं.८,९ र ११ वडा बाहेक अन्य ९ वडाका स्थानीयबासी सेयर सदश्य बनेका छन ।
यो सहकारीमा कुल सेयर सदश्यको संख्या ३२७८ रहेको छ भने जसमा महिलाको संख्या १९४७ र पुरुषको सख्या १३३१ रहेको तथ्याकले जनाएको छ । सहकारीका प्रबन्धक भट्टले चोरीमा संलग्नहरुको खोजीकार्यमा ढिलाई भएको भन्दै स्थानियको आक्रोशलाई थेग्न आफुहरुलाई निकै गाहे भएको बताउनु भएको छ । घटनाको अनुसन्धानमा तिब्रता ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्न चाहान्छौं प्रबन्धक भट्टले भने— चोर पत्ता लाग्नुपर्छ र चोरी रकम फिर्ता गराईनुपर्छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।