Amargadhi Post

भुमी समस्या समाधान आयोग डडेल्धुराले पायो पुर्णता

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, ६ गते । भुमि सम्बन्धि समस्या समाधान आयोग डडेल्धुराले आज एक औपचारिक कार्यक्रमका बिच पुर्णता पाएको छ ।
भुमी समस्या समाधान आयोग डडेल्धुराको अध्यक्षमा कैलास कुमार पाण्डेय मनोनित भएपछि उहाँले आज अन्य सदश्यहरुलाई सपथ खुवाएर पुर्णता दिएका हुन । मनोनित भएका सदश्यहरुमा बिज्ञ सदश्यमा इन्द्रबहादुर महरा,हरिप्रशाद भट्ट र महिला सदश्यमा मञ्जुदेबी धामी रहेका छन ।
अध्यक्ष सहित महिला सदश्यमा काँग्रेसका तर्फबाट मनोनित भएका छन भने बिज्ञ सदश्य र खुल्ला पुरुष सदश्यमा नेकपा एमालेका तर्फबाट प्रतिनिधित्व रहने चार सदश्यिय समस्या समाधान जिल्ला आयोग बनेको छ ।
सपथग्रहण तथा पदस्थापना कार्यक्रममा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिह भण्डारी,नेपाली काँग्रेस डडेल्धुराका सभापती भीमबहादुर साँउद,सहायक प्रमुख जिल्ला अधिकारी द्धारिका ओझा,प्रहरी निरिक्षक उपेन्द्र बम लगायतको सहभागीता रहेको थियो । पदभार ग्रहण गर्नुहुदै समाधान आयोगका जिल्ला अध्यक्ष पाण्डेयले आयोगको निर्देशिका बमोजिम भुमी सम्बन्धी समस्या समाधानका लागी कामकाज गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।