Amargadhi Post

एमाले भागेश्वरमा जरा अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

लोकेन्द्र ओझा
डडेल्धुरा,फागुन,९ गते । डडेल्धुराको भागेश्वर गाँउपालिकामा एमालेको जरा अभियान अन्र्तगतको अभिमुखीकरण कार्यक्रम आज शुक्रबार बृहत भेलाका बिच सम्पन्न भएको छ । नेकपा एमाले भागेश्वर गाँउपालिका कमिटिको बृहत भेला तथा बैठकबाट वडाका टोल तह सम्म पुग्ने गरि कार्ययोजना निर्माण गरि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।भागेश्वर गाँउपालिका कमिटि उपाध्यक्ष राम टमटाको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलाको प्रमुख आथिती नेकपा एमाले प्रदेश कमिटि सदश्य तथा भागेश्वर गाँउपालिका कमिटि इन्चार्ज यज्ञराज अबस्थी रहनु भएको थियो ।
अभिमुखीकरण कार्यक्रमका सहभागी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण मनतब्य राख्नुहुदै एमाले प्रदेश कमिटि सदश्य अबस्थीले जरा अभियान कार्यक्रमलाई बस्ती टोली र घर घर सम्म पुग्ने गरि सबै नेता कार्यकर्ता लाग्न आग्रह गर्नुभयो ।
भागेश्वर गाँउपालिकाका ५ वटै वडा अबिधेशन सम्पन्न गरेर टोल बस्ती सम्म पुग्ने गरि तय भएको कार्यक्रमलाई प्रभाबकारी बनाउन पालिका स्तरको अभिुमुखीकरण कार्ययोजना निर्माण गरेर अघि बढ्न सकेमा एमालेले तय गरेको मिसन ८४ सफल हुने बताउनुभयो ।
डडेल्धुराका सात स्थानिय तह र ५२ वटै वडामा तिन महिने कार्यक्रम लिएर एमाले नेता कार्यकर्ताहरु बस्ती सम्म पुग्ने गरि अभियान थालनी भईरहेको बेला शुक्रबार भागेश्वर गाँउपालिका कमिटिले बहृत भेला मार्फत अभिमुखीकरण कार्यक्रम गर्दै जरा अभियानलाई प्रभाबकारी बनाउने निर्णण गरेको छ ।


नेकपा एमाले प्रदेश कमिटिले भागेश्वर गाँउपालिका कमिटीको इन्चार्जको जिम्मेवारी नेता अबस्थीलाई दिएपछि उहाँको सकृयतामा पालिका अबिधेशन,पाँच वटै वडाका अबिधेशन,भेला,बैठकहरु उत्साहपुर्ण रुपमा सम्पन्न भएको भागेश्वर गाँउपालिका कमिटिका अध्यक्ष ज्ञानेन्द्र भाटले जानकारी दिनुभयो । पार्टी केन्द्रले गरेको देशब्यापी तिन महिने जरा अभियानलाई सार्थक र परिणाममुखी बनाउन डडेल्धुराका सातवटै स्थानिय तहका कमिटिहरु यतिबेला सकृय भएर लागीरहेका छन ।
डडेल्धुराको परशुराम नगरपालिका,आलिताल गाँउपालिका,अमरगढी नगरपालिका र भागेश्वर गाँउपालिकामा एमालेको जरा अभियान अन्र्तगत टोल बस्ती र घरदैलो अभियानले अहिले तिब्रता पाईरहेको नेता अबस्थीले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै एमाले भागेश्वर इन्चार्ज नेता अबस्थीले सदश्यता नबिकरण, नयाँ सदश्यता बितरण, प्रशिक्षणका कार्यक्रम,घर फर्क अभियान,टोल बस्ती र घर दैलो अभियान,र नेता कार्यकर्ताका बिचमा बृहत अन्र्तक्रिया,पार्टीको पहलमा भए गरेका कामकुराहरुमा ब्यापक प्रचार प्रशार गर्नै लगायतका बिभिन्न कार्यक्रम लिएर जरा अभियानलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
अभिमुखकीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले जरा अभियानलाई प्रभाबकारी बनाउन सबै नेता कार्यकर्ताहरु लाग्नुपर्नैमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिब सिद्धराज भट्ट,एमाले जिल्ला कमिटि सचिबालय सदश्य सुन्दर जैरु लगायतका नेताहरुको सहभागीता थियो ।
कार्यक्रमको संचालन भागेश्वर गाँउपालिका कमिटिका सचिब खकेन्द्र भाटले गर्नुभएको थियो भने यही फागुन १० गते वडा नं.४,५को टोल र बस्ती अभियान सुरुवात गर्र्नै र अन्य वडाको २०,२१,२२ गते वडा भेला मार्फत टोल सम्म पुग्ने कार्यक्रम भएको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।