Amargadhi Post

एमाले गन्यापधुरा गांउपालिको जरा अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न

लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, १० गते । नेकपा एमाले गन्यापधुरा गाँउपालिकाको शनिबार भएको पालिका कमिटिको पुर्ण बैठक तथा भेलाले जरा अभियान अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैठकले गन्यापधुरा गाँउपालिकाका पाँच वटै वडामा वडा अभिमुखीकरण कार्यक्रम गरेर टोल तथा बस्ती सम्म पुग्ने गरि कार्ययोजना बनाउदै बैठक सम्पन्न भएको हो । गन्यापधुरा गाँउपालिका कमिटिका अध्यक्ष कर्णबहादुर धामीको अध्यक्षतामा भएको उक्त बैठक तथा अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटि सदश्य तथा गन्यापधुरा गाँउपालिका कमिटिका इन्चार्ज धनबहादुर शाही रहनु भएको थियो । गन्यापधुरा गाँउपालिका अन्र्तगत ३ वटा वडाको वडा अधिबेशन सम्पन्न गरिएको छ भने बाँकी २ वटा वडाको अधिबेशन हुन बाँकीे छ ।
अधिबेशन भएका वडाको अभिमुखीकरण कार्यक्रम गरेर टोल बस्ती तथा घर दैलो अभियान संचालन गरिने छ भने बाँकी २ वडाको अधिबेशन र अभिमुखीकरण संग सगैं भएर अघि बढ्ने कार्यक्रम तय गरिएको नेता शाहीले बताउनुभयो । उहाँले भन्नुभयो जरा अभियानलाई गन्यापधुराका प्रत्येक टोल बस्ती सम्म पुग्ने गरि अभियान संचालन हुने बताएका छन ।


जरा अभियान कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले जरा अभियानको उदेश्य र कार्ययोजनाका बिषयमा जानकारी गराउदै अभियानलाई प्रभाबकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । तिन महिने जरा अभियानमा सदश्यता नबिकरण, नयाँ सदश्यता बितरण, प्रशिक्षणका कार्यक्रम,घर फर्क अभियान,टोल बस्ती र घर दैलो अभियान,र नेता कार्यकर्ताका बिचमा बृहत अन्र्तक्रिया,पार्टीको पहलमा भए गरेका कामकारबाहीका बारेमा ब्यापक प्रचार प्रशार लगायतका कार्यक्रम रहेको अध्यक्ष शाहीले बताउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदश्य शान्ति भट्ट,एमाले जिल्ला सचिबालय सदश्य कृष्णा ओझा लगायतले जरा अभियान कार्यक्रमलाई प्रभाबकारी बनाउन सबै नेता कार्यकर्ताहरु लाग्नुपर्नैमा जोड दिनुभयो ।
गन्यापधुरा गाँउपालिकाको वडा नं. ३ को अध्यक्षमा बोहरा
डडेल्धुरा,फागुन, १० गते । नेकपा एमाले गन्यापधुरा गाँउपालिकाको वडा नं.३ को वडा अधिबेशन शनिबार सम्पन्न भएको छ । वडा अधिबेशनले कमलसिह बोहराको अध्यक्षतामा १३ सदश्यिय वडा कमिटि चयन गरेको हो । वडा कमिटिको उपाध्यक्षमा बाजी सार्की,सचिब खकेन्द्र देउवा उपसचिब पशुपती देबी बोहरा र दुर्गा देबी घर्ति रहेका छन । यसै गरी वडा अधिबेशनबाट गगनसिह बोहराको अध्यक्षतामा पाँच सदश्यिय सल्लाहकार कमिटि समेत गठन गरिएको छ । यसैगरी सदश्यहरुमा सदश्यहरुमा गगनसिह चन्द,दलबहादुर घर्ति,रामबहादुर देउवा र तेजबहादुर शाही रहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।