मानबहादुर साउद
डडेल्धुरा, फागुन ११ गते । नवदुर्गा गाउँपालिका कमिटीको पुर्ण बैठक तथा जरा केन्द्रीत अभिमुखीकरण कार्यक्रम आईतबार नबदुर्गा ३ को डाडाबनमा सम्पन्न भएको छ ।
नेकपा एमाले नबदुर्गा पालिका कमिटि अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले प्रदेश कमिटि सदश्य यज्ञराज अबस्थी रहनु भएको थियो ।
उहाले अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई पार्टीले ल्याएको जरा अभियान कार्यक्रमलाई प्रभाबकारी बनाउन सबै नेता कार्यकर्ताहरुले टोल बस्ती र घरदैलो अभियानमा लाग्नुपर्नै बताउनुभयो ।अभिमुखीकरण कार्यक्रमका बिशिष्ट अतिथी पार्टी प्रदेश कमिटि सदश्य तथा नबदुर्गा पालिका कमिटि इन्चार्ज तारा खातीले पार्टीको तिन महिने जरा अभियानलाई सफल बनाउन सबै नेता कार्यकर्ताहरु अभियानका रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले पार्टीले ल्याएको जरा अभियानलाई प्रभाबकारी बनाउन पालिका कमिटिले कार्ययोजना बनाएर वडा र टोल सम्म पुग्ने गरि कार्यक्रम बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदश्य तथा अमरगढी नगरपालिका कमिटि इन्चार्ज करन ताम्राकार, जिल्ला पाटी सचिब शिद्धराज भटट उपसचिब इन्दिरा ताम्राकार पार्टी जिल्ला कमिटि सचिबालय सदश्य तथा प्रचार बिभाग प्रमुख सुन्दर जैरु लगायतका नेताहरुको सहभागिता रहेको थियो । पालिका अभिमुखीकरण पछि अब ६ वटै वडा तहका अभिमुखीकरण गरेर टोल बस्ती सम्म पुग्ने गरि भेला तथा बैठकले निर्णय गरेको प्रचार बिभाग प्रमुख जैरुले जानकारी दिनुभयो ।


