मानबहादुर साँउद
डडेल्धुरा,फागुन, २३ गते । नेपाल उत्पीडित जातिय मुक्ति समाज डडेल्धुराको छैटौं जिल्ला सम्मेलन सुरु भएको छ । नेकपा एमाले डडेल्धुराको पार्टी कार्यालयमा शुक्रबार आयोजित छैटौ जिल्ला सम्मेलनको उद्घाटन नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बिक पौडेलले गर्नुभएको थियो । सम्मेलनको उद्घाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी पौडेलले आफ्नो हक अधिकारलाई स्थापित गराउन र एमालेले लिएको समाजबाद हुदै साम्यबादको लक्ष्य संग हाम्रो मुक्तिको ऐजेण्डा मिलेकाले संगठीत भएर लाग्नुको बिकल्प नभएको बताउनुभयो ।

उत्पीडित जातिय मुक्तिका मुद्धालाई एमाले पार्टीले सही ढगंले उठान गर्न सक्छ त्यसैले सम्पुर्ण उत्पीडित जातिय मुक्ति समाजलाई सगठित गर्दै पार्टी भित्र समेत समाबेशी र समानुपातीक प्रतिनिधित्वको मुद्धालाई स्थापित गराउन सकिनेमा उहाँले जोड दिनुभयो ।
सम्मेलनको उद्घाटनमा बोल्नुहुर्दै नेकपा एमाले केन्द्रीय सदश्य एबम डडेल्धुरा पार्टी इन्चार्ज पठानसिह बोहराले संगठनलाई चुस्त दुरुस्त बनाएर आफ्ना अधिकार स्थापितका लागी एकताबद्ध हुनु जरुरी रहेको बताउनुभयो । पार्टीको भातृ संस्थाका रुपमा रहेको उत्पीडित जातिय मुक्ति समाजलाई सगठीत र ब्यबस्थीत बनाएर आधारभुत तहका बर्गलाई पार्टी संग जोड्न सके पार्टी मजबुत हुने नेता बोहराले बताउनुभयो । कार्यक्रममा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष तथा पार्टी केन्द्रीय सदश्य अफिलाल ओखेडाले दलित र गैर दलित भित्रको बिभेद छदैछ तर दलित भित्रको बिभेद समेत देखा परेकाले यसलाई निराकरण र निरुत्साहित गर्नु अहिलेको चुनौती रहेको बताउनुभयो । दलित भित्र सम्ेत बिभिन्न जात जाती बनाएर ठुलो बिभेद सृजना भईरहेको छ यसलाई निराकरण र निरुत्साहित गर्न मुक्ति समाजका नेताहरुले लाग्नुपर्नेमा उहाँको जोड थियो ।

् मुक्ति समाज र पार्टी बिचको सम्बन्ध सु मधुर बनाएर संगठनलाई अझ मजबुत बनाएर लैजाने नेतृत्व स्थापित गर्न सक्नुपर्नेमा जोड दिनुहुदै ओखेडाले जातिय मुक्ति समाजलाई जिल्लामा मात्रै सिमित नराखेर पालिका हुदै टोल बस्ती सम्म कमिटि बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सचिबालय सदश्य एबम पुर्ब राष्ट्रिय सभाका माननीय चक्रप्रशाद स्नेहीले छरिएर रहेका उत्पीडित जाति बर्गका समुदायलाई संगठीत गरेर पार्टी संग जोड्न सके मात्रै यो बर्गको मुक्ति सम्भब भएको बताउनुभयो ।

मुक्ति समाज देशभर शशक्त जनबगिय संगठन हो तर पनि हामीले संगठीत गर्न सकिरहेका छैनौं नेता स्नेहीले भने दलित बर्गको उत्थान र प्रोत्साहनका पार्टी भित्र पनि समाबेसी र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न सकिए ठुलो मात्रामा एमाले संग यो बर्ग तप्का समेटीनेमा जोड दिनुभयो । डडेल्धुराका थुप्रै बस्तीहरुमा दलित बर्गहरुले आफ्नो नाममा जग्गा प्राप्ती गर्न सकिरहेका छैनन,हलिया बसेर जिबन निर्बाह गरिरहेका छन उनीहरुको गाँस बाँस र कपासको ज्ञारेन्टी सरकारले गर्नुपयो यसमा पाटीको नेतृत्वदायी भुमिका रहनुपर्नेमा नेता स्ने्हीको भनाई थियो । उद्घाटन कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदश्य करन ताम्राकार,नेकपा एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाही,नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सचिबालय सदश्य एबम डडेल्धुरा इन्चार्ज सुन्दर जैरुले शुभकामना मनतब्य राख्नु भएको थियो । मुक्ति समाजका जिल्ला अध्यक्ष घनश्याम टमटाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटनशत्रमा मुक्ति समाजका नेता भोज ताम्राकारले स्वागत मनतब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन करन कैनीले गर्नुभएको थियो । बन्दशत्रबाट सर्बसम्मत नयाँ नेतृत्व चयन गर्नका लागी अगुवा नेताहरु जुटीरहेका छन ।



