लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, २८ गते । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मर्यादित तरिकाले होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । डडेल्धुरा जिल्ला प्रशासन कार्यालयले बुधबार एक प्रेश बिज्ञप्ती जारी गर्दे रगहरुको पर्ब होलीलाई मर्यादित र सभ्य ढंगबाट मनाउन आग्रह गर्नुभएको हो ।
होली पर्ब मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न र सभ्य र ब्यबस्थित रुपमा होली खेल्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
प्लास्टिक जन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा होहल्ला नगर्न समेत प्रमुख जिल्ला अधिकारी न्यौपानेले आग्रह गर्नुभएको हो ।
कोही कसैले कानुनको बर्खिलाप हुने कृयाकलाप गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने जानकारी समेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।


