Amargadhi Post

डडेल्धुरामा सोमबार एमालेको जागरण सभा

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत्र,१७ गते । नेकपा एमाले डडेल्धुराले सोमबार डडेल्धुरा सदरमुकाममा बृहत जागरण सभाको आयोजना गरेको छ ।
गणतन्त्रको रक्षा र अराजकता,गलत प्रबृतीको बिरुद्धमा भोली दिउसो २ बजे डडेल्धुरा सदरमुकाममा नेकपा एमालेले जागरण सभा गर्न लागेको हो ।
राजसंस्था बिउताउने नाममा पछिल्लो समय अराजकपुर्ण आन्दोलन हुन थालेको र जनताको बलिदानीबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रका बिरुद्ध धावा बोल्न थालीएपछि एमालेले देशभर भोली जागरण सभा गर्न लागेको हो ।
पछिल्लो समय राजतन्त्रका पक्षधर लोकतन्त्रका बिरुद्धमा हिसापुर्ण आन्दोलन गर्दे जनतालाई आतकित जिर्जना गर्दे मुलुकलाई फेरी मुटभेट तर्फ लैजान खोजिरहेको भन्दै खबरदारी र सचेत गर्न जागरण सभाको कार्यक्रम आयोजना गरिएको एमाले डडेल्धुराले जनाएको छ ।


लोकतन्त्रबादी शक्तिहरु एक ठाँउमा उभिनुपर्ने अबस्था सिर्जना भएको भन्दै नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले लोकतन्त्रको पक्षमा आफ्नो अभिमत र स्थायी सरकार मार्फत मुलुकमा शुसासन र बिकासका पक्षमा अवाज बुलन्द गर्न जागरण सभाको आयोजना गरिएको बताउनुभएको छ ।
जनताको बलिदानी र संर्घषपुर्ण ऐतिहासिक आन्दोलनबाट फालिएको राजतन्त्र पुन ः ल्याउनुपर्र्ने अवाज उठ्नु दुर्भाग्यपुर्ण भएको ठहर गर्दे एमालेले लोकतन्त्रको बिकल्प सुदृढ लोकतन्त्र भएको बताउदै आएको छ । भोली दिउसो २ बजे एमाले डडेल्धुराको पार्टी कार्यालय तुफाँनडाडाबाट ¥याली सहित बजार परिक्रमा गरेर भीमदत्त चौकमा जागरण सभाको आयोजना हुने जनाएको छ । राजसंस्था पुर्नस्थापनाका नाममा शुक्रबार राजधानीमा भएको हिसात्मक आन्दोलनले दुई जनाको अनाहकमा ज्यान गएको,सयौं घाईते भएको र मिडिया हाउस लगायत पार्टी कार्यालय तोडफोड,सरकारी कार्यालय र ब्यक्तिका घरहरुमा आगजनी गर्दे आंतक सिर्जना भएको घटनाले एमाले डडेल्धुरा स्तब्ध भएको बताईएको छ ।
घटनाको सत्य तथ्य छानबिन गरि दोशी उपर कानुनी कारबाही गरेर राज्यले जनताको जिउधनको सुरक्षा गर्दे आन्दोलनकारी पक्षहरु आन्दोलनका नाममा अराजकता प्रर्दशन नगर्न एमाले डडेल्धुराले आन्दोलनकारी पक्षलाई आग्रह गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।