Amargadhi Post

डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत्र,१७ गते । डडेल्धुराको अमरगढी नगरपालिका ८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका ८ की २६ वर्षीया निर्मला भूल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आईतबार दिउँसो ४ ः ०० बजेतिर जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर निर्मला गम्भीर घाइते भएकी थिइन ।
उपचारका क्रममा उनको डडेल्धुरा अस्पतालमा ५ः ०० बजेतिर मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो । प्रहरीले जिप र चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गााडका ४० वर्षीय रामसिंह धामी रहेको र प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।