Amargadhi Post

डडेल्धुरामा राप्रपाका्े बिरोध सभा

लोकेन्द्र ओझा
डडेल्धुरा,चैत्र १७ गते । नेपालका गणतन्त्रवादी सत्तिहरुले यो देशलाई गृह युद्धतर्पm लैजान खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सल्लहकार समित्ी सदस्य राम चन्द्र चटौतले आरोप लगाउनु भएको छ । आईतबार (आज) राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले बागवजार भिमदत्त शालिकमा आयोजना गरेको कोण सभालाई सम्वोधन गर्ने क्रममा चटौतले यस्तो आरोप लगाउनु भयो ।
वहाँले भन्नु भयो हामिले चैत्र १५गते काठमाण्डौमा गर्न खोजेको शान्ति पुर्ण आन्दोलनलाई दमन गर्नु आफैमा गृहयुद्धको संकेत हो । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन निरन्तर जारिहने जानकारी दिदै राजावादी मात्र नभई जनस्थरवाट समेत राजसंस्थाको पक्षमा लाग्न अनुरोध गर्नु भयो ।
यस्तै बिरोध सभालाई सम्वोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गोबिन्द खडायतले राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महाँमन्त्री डा।धवलसम्शेर राणा लगायताका नेताहरुकोे तत्काल रिहाईको माग गर्नु भएको छ । भुटानि सरणार्थि र बिभीन्न भ्रष्टाचारमा संलग्न नेताहरुले देसलाई आर्थिक रुपमा तहस नहस वनाएको भन्दै आक्रोश ब्यक्त गर्नु भयो ।
हामिले चाहेको सम्बैधानिक राजतन्त्र, हिन्दुराष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संघियताको खारेजि लगायतका हाम्रो प्रमुख एजेण्डा हुन । नेपाल बंगलादेस जस्तो हुन सक्ने बताउदै समयमै सबैले हाम्रो अभियानलाई साथ दिन आगृह समेत गर्नु भयो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा कर्मि, उधोगि, ब्यावसायी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सुभचिन्तक हरुको उपस्थिती रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।