Amargadhi Post

डडेल्धुरा सदरमुकामै बन फडानी,बन कार्यालय मुखदर्शक

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत्र,१९गते । डडेल्धुरा सदरमुकामकै आसपास क्षेत्रमा ब्यापक बन फडानी भएको छ । बन फडानी हुदाँ समेत बन कार्यालय डडेल्धुरा मुखदर्शक बनेको स्थानीयको आरोप छ । डडेल्धुराको तुफाँनडाडा नजिक रहेको डडेल्धुरा अस्पताल र ज्ञानोदय बिद्या निकेतनको हाताभित्र र सार्बजनिक ठाँउ सिलिङधारा क्षेत्रमा ब्यापक रुपमा बन फडानी भएको छ । बन फडानी भएको भनेर डिभिजन बन कार्यालयलाई स्थानीयहरुले जानकारी गराएपछि बन कर्मचारी सकृय भएर ढाकछोप गर्दै कटानी भएको काठ समेत सप्लाई गराउन भुमिका खेलेको स्थानीयको आरोप छ ।

 बन फडानका बिषयमा सलग्नहरुमाथी छानबिन गरि कारबाही गर्नुको साटो उल्टै बन कर्मचारीकै मिलोमतोमा कटानी भएको काठ लुकाउन उद्धत देखिएपनि बन कर्मचारीको चर्तिकला सार्बजनिक भएको छ । घटनाका बिषयमा डिभिजन बन कार्यालयका प्रमुखका अफिसियल मोबाईल नम्बरमा पटक पटक फोन गर्दा पनि उठ्न सकेन । उनको प्रतिकृयाका लागी फोन गरिएको भएपनि उनले फोन रिसिभ नगर्दा घटनाका बिषयमा बन डिभिजन कार्यालयको प्रतिकृया समाबेश गर्न सकिएन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।