Amargadhi Post

एमालेको धनगढीमा २९ गते बृहत् आमसभा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,चैत्र,२३ गते । एमाले सुदूरपश्चिम कमिटीको आयोजनामा यही चैत्र २९ गते धनगढीमा बृहत् आमसभा हुने भएको छ ।
शुक्रबार बसेको नेकपा एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले विशेष आमसभाको तयारी तीब्र पारेको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिनुभएको छ।

नेकपा एमालेले देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रुपमा कैलालीमा सभा आयोजना गर्न लागिएको पार्टीका प्रदेश सचिव रणबहादुर चन्दले जानकारी दिए । उनले भने , “एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रुपमा यो सभा आयोजना हुँदैछ।

पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि जनतालाई सचेत बनाउन बृहत कार्यकम आयोजना गरिएको बताए।

ुपूर्वराजाका नाममा अराजक तत्वहरुले समाजमा अशान्ति सिर्जना गर्ने खालका गतिविधि गरिरहेका छन्। त्यसविरुद्ध खबरदारी गर्न पनि यो सभा आयोजना गरिएको होु उनले भने धनगढीको पार्कमोडमा आयोजना हुने सभालाई एमाले शीर्ष नेताले संविधान गर्ने कार्यक्रम तय भएको छ। सभामा सबै तहका नेता, कार्यकर्ता, तथा परिवर्तन पक्षधर आम जनतालाई सहभागी हुन एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले जानकारी दिए।

ुपरिवर्तनविरोधी गतिविधिविरुद्ध कडा सन्देश दिन सभामा सभा आयोजना गरिएको होु इन्चार्ज भट्टले भनेु जनताको साथमा एमाले छ भन्ने सन्देश पनि सभाले दिने छ।ु पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ। आमसभामा सुदुरपश्चिमका ९ वटै जिल्लाका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागी हुने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।