Amargadhi Post

जनताले जितेको दिन बैशाख ११ मा पहिचानसहित सहभागिता जनाउदै प्रेस चौतारी, यस्तो छ बिशेष तयारी

अमरगढी पोष्ट समाचार
काठमाडौं, वैशाख ९ । प्रेस चौतारी नेपालले लोकतन्त्र दिवसको अवसरमा बैशाख ११ गते काठमाडौंको भृकुटीमण्डपमा हुने यूथ सेलिब्रेशनमा विशेष रूपमा आफनो सहभागिता जनाउने भएको छ । संगठनले सोमबार आयोजना गरेको उपत्यका स्तरीय बैठकमाले सो कार्यक्रममा प्रेस चौतारीको तर्फबाट कम्तीमा ४ सय जना पत्रकारले सहभागिता जनाउने निर्णय भएको संगठनका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।

‘जनताले जितेको दिन अर्थात् वैशाख ११ को तयारीको लागि प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालयमा उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको बैठक राखेर विशेष योजना बनाएको छ, ‘ बैठकपछि अध्यक्ष पाण्डेले भन्नुभयो । बैठकले यूथ सेलिब्रेशनको लागि ठोस योजना बनाएको छ, बैठकमा सहभागी उपत्यकाका ३ वटै जिल्ला, प्रतिष्ठानका ५ शाखा र एशोसियट शाखाका इञ्चार्ज, अध्यक्षसहित पदाधिकारी उपस्थिति थियो । बैशाख ११ मा प्रेस चौतारी नेपालका न्यूनतम ४ सय युवा सहभागी गर्ने योजना रहेको छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा केन्द्रीय समिति र आयोगबाट १ सय ६० जना अनिवार्य सहभागी हुने उहाँले बताउनुभयो । त्यस्तै काठमाडौं जिल्ला समितिबाट ५० जना ललितपुर र भक्तपुरबाट २०(२० जना, उपत्यका र प्रतिष्ठान प्रदेशबाट ३०र३० जना, एसोसियटबाट ५० जना तथा वाग्मती प्रदेशका १० जिल्लाबाट ३० जना पत्रकारले प्रेस चौतारी नेपालको तर्फबाट कार्यक्रममा सहभागिता जनाउने पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालले तयार गरेको टिसर्ट तथा ब्यानर बोकेर प्रेस चौतारीको पहिचान सहित सहभागिता जनाइने उहाँले बताउनुभयो । बैठकलाई सम्बोधन गर्दै संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल आफ्नो काम र अनुशासन पालनाको आधारमा नेकपा एमालेका जनसंगठनमध्ये पहिलो संगठन भएको बताउनुभयो । ‘प्रेस चौतारी दोस्रो हुनका लागि जन्मिएको संस्था होइन, यसलाई संगठनभित्रकै र पार्टी भित्रका केही गलत तत्त्वले कहिलेकाहीँ कमजोर बनाउने काम गर्न सक्छन् तर यो संगठन कहिल्यै पराजित हुन्न,यो कुरा हामीले स्थापित गरेर आएका छौँ, अब पनि त्यो विरासत कायम राखेर काममा एक नम्बर बन्नै पर्छ’, उहाँले भन्नुभयो ।

उहाँले नेतृत्वको प्रतिबद्धता र योजनालाई पूरा गर्ने काम सबै सदस्यको भएको बताउनुभयो । यो दायित्व पूरा गर्न सबै एकजुट हुनुपर्छ’, बस्नेतले भन्नुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।