लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी डडेल्धुराले मंगलबार दिउसो जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । आन्दोलनका क्रममा पार्टीका केन्द्रीय नेताहरुलाई सरकारले पक्राउ गरेर हिरासतमा राखेको भन्दै तत्काल निर्सत रिहाईको माग गर्दे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
राप्रपा लगायत अन्य राजाबादी शक्तिहरुले राजतन्त्र फर्काउनुपर्ने भन्दै राजधानीमा उग्रतापुर्ण आन्दोलन गर्न थालेपछि सरकारले उनीहरुमाथी धरपकड गर्न थालेको हो । दुर्गा प्रशाई नेतृत्वको शक्तिले राजधानीमा गरेको हिसापुर्ण आन्दोलनबाट दुईजनाको ज्यान जाने गरि गएपछि सयौं ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर मुद्धा चलाएको छ ।

उक्त आन्दोलनलाई समर्थन गरेको भन्दै राप्रपाका बरिष्ठ नेता रबिन्द्र मिश्र र महामन्त्री डा.धबलशमसेर राणा सहितका नेता कार्यकर्ताहरु बन्दी अबस्थामा छन । राप्रपाले राजधानीमा निशेधित क्षेत्रमा आन्दोलन गर्न थालेपछि सरकारले सिहदरबार बाटै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिगदेल प्रबक्ता ज्ञानेन्द्र शाही लगायतलाई पक्राउ गरेको थियो । राप्रपाले अहिले देशभर राजतन्त्र ब्युताउने देखि राजा पुर्नस्थापनाको माग राख्दै आन्दोलन गरिरहेको छ ।
देशबाट राजतन्त्र अन्त भएर लोकतन्त्र स्थापना भएको भन्दै राजतन्त्र बिउतिने कुरा सम्भब नभएको र लोकतन्त्रको बिकल्प खोज्न नसकिने लोकतन्त्रबादी शक्तिहरुले उदघोष गरिरहेका छन । राजतन्त्र बिउताउने कुरा किमार्थ स्विकार्य हुन नसक्ने भन्दै सरकारले राजतन्त्रका बारेमा आन्दोलन गर्नुको औचित्य नभएको र ०८४ को निर्बाचनमा भाग लिएर अघि बढ्न सुझाब दिएका छन । राप्रपाका जिल्ला अध्यक्ष राजेन्द्र सिह भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदै ज्ञापनपत्र बुझाईएको थियो ।





