Amargadhi Post

डडेल्धुराको अमरगढी–६ का वडाध्यक्षमाथि कुटपिट

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,बैसाख १३ गते । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं.६ का वडाध्यक्ष केबी ताम्राकारमाथी निर्घात कुटपिट भएको छ ।
उनीमाथि बिहीबार साँझ वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुर स्थित वडाकार्यालय नजिकै सुरेश खड्काका छोरा सन्देश खड्काले कुटपिट गरिएको भनिएको छ ।
कुटपिटबाट घाइते वडाध्यक्ष ताम्राकारको डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । उक्त घटनाको विषयमा जानकारी लिन वडाअध्यक्षसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
घटनाप्रति अमरगढी नगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै घोर भत्र्सना र दुःख व्यक्त गरेको छ । “नागरिकको सेवामा अहोरात्र खटिएको जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा कुटपिट गर्नु कानूनी राज्यको उपहास हो,” विज्ञप्तिमा भनिएको छ । दोषीलाई चाँडै पक्राउ गरी कारबाही अगाडि बढाउन नगरपालिका परिवारले माग गरेको छ । प्रहरीले सन्देश खड्काका बुबा सुरेशलाई पक्राउ गरेको छ । पिडित ताम्राकारले बुबा छोरा लागेर आफुमाथी कुटपिट भएको उजुरी दिएपछि प्रहरीले पक्राउ गरिएको जनाएको छ । घटनाका बिषयमा दोशी उपर कानुनी कारबाही गर्न स्थानीय सरकारलाई बिभिन्न संघ संस्थाहरुले आग्रह गरिरहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।