लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,२७ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिह सार्कीले लामो समय देखि थाती रहेको सुदूरपश्चिम प्रदेशको आम संञ्चार विधेयक अबको संसद अधिवेशनबाट पास हुने बताउनु भएको छ ।
डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी आयोजना गरिएको दुई दिने प्रदेश स्तरीय कार्यक्रमको उद्घघाटन गनुहुदै मन्त्री सार्कीले सो कुरा बताउनु भएको हो ।

आमसञ्चार विधेयक पास नहुदाँ रजिष्ट्ररको कार्यालय र प्रेश काउन्सीलको कार्यालय स्थापना हुन सकीरहेको र्छैन मन्त्री सार्कीले भन्नुभयो— पत्रकारहरु संगको बृहत संम्बाद र छलफल मार्फत आमसंचार बिद्येयक संसदमा प्रस्तुत भएर पास गर्ने तयारीमा रहेको बताउनुभयो ।
पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ संग पटक पटक छलफल गरिरहेका छौं अब संचार बिद्येयक संसदमा प्रस्तुतका लागी लैजाने बाताबरण सिर्जना गर्न आग्रह गर्नुहुदै उहाँले असहमतीका बिचबाट सहमती खोज्नु आबश्यक रहेको धारणा राख्नुभयो । संबिधान पटक पटक संसोधन भईरहेको छ मन्त्री सार्कीले भन्नुभयो —अहिले जे जती बिद्येयकको डाफ्ट बनेको छ त्यसै सेरोफेरोमा छलफल केन्द्रीत गरौं जति सकिन्छ त्यती सहज बनाएर अघि बढने कोसिस गर्नेछौं । आफु मन्त्री भएदेखि नै सञ्चार विधेयक बनाएर पत्रकारहरुका समस्या,चुनौती र सम्भाबनाका बिषयमा केन्द्रीत हुन थप सहजता ल्याउने उहाँले जोड दिनुभयो ।

‘प्रदेश सरकार गठनको आठ बर्ष पुगेछ म आठौं मन्त्री रहेछु तर अहिलेसम्म आम सञ्चार विधेयक पास हुन नसक्नु दुखद बिषय भएको भन्दै अब आउने प्रदेश सभाको बैठकबाट आमसंचार बिद्येयक पास गर्ने गरि अघि बढीरहेको छु सहयोग गर्न पत्रकार महासंघलाई आग्रह गर्नुभयो । पत्रकारहरुको बृद्धि बिकास र ब्यवस्थापनका लागि यो ऐन आवश्यक छ मन्त्री सार्कीले भन्नुभयो । कार्यक्रममा बोल्नुहुदै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीले रेडियो एफएमहरु सगैं छापा माध्यमहरु आर्थिक संकटको चेपटामा परिरहेकाले नयाँ प्रविधि सँगै सरकारले अफनत्व लिनुपर्नेमा जोड दिनुभयो । मिडिया भनेको जनताको बास्तबिक आवाज हो यसलाई कमजोर हुन दिनुहुन्न प्रदेश सभा सदश्य जोशीले भन्नुभयो— मिडिया क्षेत्रलाई बलियो बनाउन संचारमैत्री कानुन आबश्यक छ र आर्थिक संकटमा रहेका समग्र मिडिया क्षेत्रको अभिभाबक बन्नसक्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा ९ वटै जिल्लाका रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहको अध्यक्षतामा आयोजना भएको उद्घाटनशत्रमा पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिहले स्वागत मनतब्य राख्नु भएको थियो भने पत्रकार महासंघका प्रदेश उपाध्यक्ष मानबहादुर साँउदले कार्यक्रमका सहभागीहरुलाई धन्यबाद मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनीयनका केन्द्रिय सदस्य शैलेन्द्र रोकाया, प्रेश चौतारी डडेल्धुराका अध्यक्ष लक्ष्मी ऐर,प्रेश युनीयन डडेल्धुराका उपाध्यक्ष राम खत्री, प्रेश संगठनका जिल्ला अध्यक्ष भीम दाहाल, समाजवादी प्रेस संगठनका उपाध्यक्ष टीकाराम साँउद लगायतका पत्रकारहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । आर्थिक अवस्था कमजोेर भएर संकटमा रहेका मिडिया र रेडियोहरूलाई कसरी जोगाउन सकिन्छ भन्दै दुई दिने कार्यशालाको मुख्य प्रशिक्षक डा. रघु मैनालीले सहजिकरण गरिरहनु भएको छ । कार्यक्रमको संचालन पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका महासचिब शिबराज भट्टले गर्नुभएको उक्त कार्यक्रममा झण्डै चालिस भन्दा बढी सकृय पत्रकारहरु सहभागी रहेका छन ।




