Amargadhi Post

डडेल्धुराको स्याउलेमा प्रदेश राज्यमन्त्री खड्काद्धारा रिफ्रेस सेन्टरको उद्घाटन

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख,२८ गते । डडेल्धुरा सदरमुकाम नजिकै रहेको स्याउले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाढी सवारी चालक,सह चालक तथा यात्रुहरुका लागी रिफ्रेस सेन्टरको उद्घाटन भएको छ ।
सुदुरपश्चिम सरकारका समाजिक बिकास राज्य मन्त्री सरस्वती खड्काले आईतबार बिहान सुदुरपश्चिमका सात पहाडी जिल्लाको मुख्यद्धार मानिने अमरगढी नगरपालिका वडा नं.१ स्याउले ट्राफिक प्रहरी कार्यालय अगाढी यात्रुहरुका लागी रिफ्रेस सेन्टरको एक कार्यक्रमका बिच सम्उद्घाटन गर्नुभएको हो ।
तराईका दुई जिल्ला बाहेक सात पहाडी जिल्लाको मुख्यद्धार स्याउलेमा यात्रुहरुका लागी प्रतिक्षालय तथा रिफ्रेस सेन्टर अति आबश्यक रहेको सुदुरपश्चिम प्रदेश सरकारका समाजिक बिकास राज्यमन्त्री खड्काले बताउनुभयो ।


दुर्घटनाबाट हुने जोखिमको न्युनिकरण गर्नका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउलेमा यात्रुहरुका लागी रिफेस सेन्टर निर्माण गरेर जोखिम न्युनिकरण हुनेमा आफु बिश्वस्त रहेको मन्त्री खड्काको भनाई थियो ।
युबाहरु दिन प्रतिदिन दुब्र्यसनी र कुलत तर्फ लागरहेको र यसलाई रोकथाम गर्न मन्त्री खड्काले प्रहरी कार्यालय डडेल्धुरालाई एक बक्स किट समेत उपलब्ध गराएको थियो । अमरगढी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष लोकबहादुर ऐरको अध्यक्षतामा उद्घाटन गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठले सवारी दुर्घटना न्युनिकरण गर्नका लागी कैलालीको अत्तरियापछिको दोश्रो रिफ्रेस सेन्टरका रुपमा उद्घाटन भएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताउनुभयो । गत आर्थिक बर्ष २०८०÷०८१ र यो आर्थिक बर्ष ०८१÷०८२मा भएका सवारी दुर्घटना सम्बन्धीको तथ्याक प्रस्तुत गर्दे प्रहरी नायब उपरिक्षक श्रेष्ठले रिफ्रेस सेन्टरले दुर्घटना न्युनिकरण गर्न निकै मद्धत पुग्ने बताउनु भएको छ ।


कार्यक्रममा पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश कमिटिका उपाध्यक्ष मानबहादुर साँउदले रिफ्रेस सेन्टर स्थापना हुनुले सवारी जोखिम न्युनिकरण हुनेमा बिश्वास ब्यक्त गर्नुभयो । रिफ्रेस सेन्टरको स्थापना हुदैगर्दा खानेपानी, शौचालय,ब्यबस्थित प्रतिक्षालय र सडक सरसफाईका बिषयमा समेत ध्यान दिन हुन स्थानीय सरकार र प्रहरी प्रशासनलाई पत्रकार साउदले आग्रह गर्नुभयो । ट्राफिक प्रहरी कार्यालय अगाढी सडक पिच नहुदाँ रातदिन धुलोमैलोमा डियुटी गर्न ट्राफिक प्रहरीर र स्थानीय ब्यबसायीहरुलाई हम्मेहम्मे भईरहेका गुनासो आईरहेकै बेला रिफ्रेस सेन्टर स्थापना गर्नु निकै चुनौतीपुर्ण रहेको छ ।


बषौं देखि ब्यबसाय गरिरहेका स्याउलेका भक्तराज दियालले नत ब्यबस्थित शौचालय छ नत खानेपानी छ कसरी रिफ्रेस सेन्टर उद्घाटन हुन लागेको हो,यात्रुलाई बस्न प्रतिक्षालय छैन,अनि कसरी यस्तो धुलाम्य सडकको छेउकिनारमा यात्रुहरु कसरी बस्लान स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।